श्रेष्ठ आयलमा आगलागी
चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस