तारकेश्वरमा फेरि भेटियो बर्डफ्लु
काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिए ।
यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उनले बताए ।
उनले विगत एक महिनादेखि वाग्मती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी भइरहेको जानकारी दिए । महानिर्देशक डा श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन सङ्घ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको जानकारी दिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस