मकवानपुरमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन
मकवानपुरको बकैया गाउँपालिका–७ हात्तिखोलामा ‘च्याउको बीउ उत्पादन केन्द्र’ स्थापना भएको छ ।
कोभिड–१९ ले आर्थिक क्षेत्रमा पारेको नकारात्मक असर कम गर्न सामूहिकरुपमा च्याउखेती गर्दै आएका किसान अब गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि खुशी भएका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा गाउँमै च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । यसअघि च्याउको बीउ बाहिरबाट ल्याउँदा महङ्गो पर्ने गरेको र झन्झटिलोसमेत भएकामा गाउँमै उत्पादन केन्द्र सञ्चालनमा आएपछि सहज भएको च्याउ उत्पादक कृषकको भनाइ छ । “आफ्नै गाउँमा च्याउको बीउ उत्पादन हुन थालेपछि ठूलो राहत भएको छ”, कृषक रञ्जु खनालले भनिन् “अब समयको बचत हुनुका साथै लगानीको तुलनामा लाभ बढी हुने भएकाले हामी अत्यन्त हर्षित भएका छौँ ।”
च्याउको बीउ उत्पादन गर्न युएनडिपीले पराल पकाउने बोइलिङ मेसिन, अटो क्लेट, पराल काट्ने मेसिन उपलब्ध गराएको छ भने बकैया गाउँपालिकाले लेबिनल फ्रो मेसिन(ल्याप) उपलब्ध गराएको छ ।
कोभिड–१९ ले आर्थिक क्षेत्र चौपट हुन थालेपछि मकवानपुरको बकैयामा युएनडिपी र बकैया गाउँपालिका मिलेर ‘कोभिड–१९ रेस्पोन्स एण्ड सोसियो–इकोनोमी रिकोभरी प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ । यसअन्तर्गत स्थानीय कृषकलाई च्याउखेती गर्न प्रोत्साहित गरी च्याउको पकेट क्षेत्र नै निर्माण गर्ने योजना रहेको परियोजना कार्यान्वयन गरिरहेको संस्था महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपालका अध्यक्ष इन्दिरा न्यौपानेले बताए ।
वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सो केन्द्रको उद्घाटन गरेका थिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस