रुकुमपूर्वको सिस्नेमा डढेलो: नियन्त्रण बाहिर, दर्जन बढी बस्ती जोखिममा
रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन् ।
सिस्ने–२ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहानसम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो भन्ने पत्ता भने लाग्न सकेको छैन । सिस्ने–२ का वडाध्यक्ष जीवन केसीले विद्यालयबाट फर्कदै गरेका बालबालिकाले आगो लगाएको बताए ।
उक्त डढेलोबाट तीन वटा घर दर्जन बढी गोठ जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोले दतकुना, कुचिबाङ, गोल्खाडा, सुद्रीलगायतका बस्तीमा आगो फैलिएको छ । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।
डढेलोबाट केही घरगोठ जलेर नष्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । डढेलो नियन्त्रणमा नआएपछि जिल्लासुरक्षा समितिको बैठकसमेत बसेको छ । बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अद्यावधिक गर्ने र क्युआरटी, आइआरटी टोली परिरचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताएका छन् । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । डढेलो नियन्त्रण बाहिर गएपछि नागरिक भने त्रसित छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस