• जीवनशैली | Jiwanshaili
  • सुतिरहेका तीन महिने छोराको टाउकोमा हानेर हत्या


    बैतडीमा आफ्नो तीन महिने छोरालाई कुटेर बुवाले हत्या गरेका छन्। पञ्चेश्वर गाउँपालिका–७ खनाडीका ३ महिने लक्ष्मण चन्दलाई उनकै बुवा ४४ वर्षीय बुवा राजबहादुरले हत्या गरेका हुन्।

    हत्या भएको खबर पाएलगत्तै प्रहरीले राजबहादुरलाई घरबाटै पक्राउ गरेको बैतडी प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार सुतिरहेका छोराको टाउकोमा हानेर बुबा हत्या गरेका हुन्। उनले छोरालाई किन मारे भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ।

    यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुवा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन्। लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुवा र भाइमाथि पनि आक्रमण गरेका प्रहरीले जनाएको छ।

    मन्धिरको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। राजबहादुरले मारेका ती छोरा ३ छोरीपश्चात जन्मेका हुन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस