गाँजासहित तीन पक्राउ
अपैध लागुऔषध गाँजा कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने तीनै जना उदयपुर सदरमुकाम गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार गाँजासहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटका २५ वर्षीया प्रमिला सहनी, सिरहाको लाहान नगरपालिका घर भई गाईघाटमा बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी रगाइघाट बजार बस्ने २० वर्षीय लक्ष्मण सहनी रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । गाँजा कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई तीन किलोभन्दा बढी गाँजासहित पक्राउ गरिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस