बाघले फेरि लियो ज्यान, बर्दियामा एकको मृत्यु
बाघको आक्रमणबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–३ कि २८ वर्षीया रेनुका सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो। मधुवन नगरपालिका-३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको बीचबाट दिउँसो १ बजेर ५० मिनेटको समयमा घाँस काट्न जाँदै गरेको अवस्थामा पाटे बाघले भम्टेर लगेको हो।
महिलालाई बाघले झम्टेर लगेको जानकारी पाउनासाथ प्रहरीले खोजतलास गर्दा दुवै सामुदायिक वनको सिमानामा मृत अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस