लक्षित वर्गलाई कुखुराका चल्ला
हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्धारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ ।
सोही वडाका ३१ घरधुरीलाई प्रति घर तीन जोडाका दरले गिरीराज जातका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका निमित्त प्रमुख चिनबहादुर शाहीले बताए । उनीहरुको व्यवसायका लागि एक मात्र कुखुरा आधार बनोस् भन्दै कुखुरा वितरण गरेको शाहीले जानकारी दिए ।
गाउँपालिकामा पुगेका ३५० कुखुरामध्ये २७५ वितरण गरिएको थियो । बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताए । वितरण गरिएका सवै कुखुरा लक्षित वर्गका व्यक्तिलाई मात्रै वितरण गरिएको हो । सो जातका कुखुराले साढे दुई महिनामै अण्डा उत्पादन गरेर चल्ला जन्माउने गरेको प्रमुख शाहीको भनाइ छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस