• जीवनशैली | Jiwanshaili
  • गुणकारी सुन्तलाको बोक्राको चियाबाट हुने यी फाइदा तपाईलाई थाहा छ ?


    चिया मन नपराउने सायदै कोही होला। यसले शरीरको थकान कम गर्नुको साथै नयाँ उर्जा पनि प्रदान गर्दछ। नेपालीहरु प्रायः दूधकै चिया पिउँछन्। तर यसको सेवन धेरै मात्रामा भयो भने यसले एसिडिटी, ग्यास आदिको समस्याहरू निम्त्याउँछ। यस्तो अवस्थामा यदि तपाईं चियालाई पिउन रुचाउँनुहुन्छ भने तपाईं आफ्नो नियमित चियालाई सुन्तलाको बोक्राबाट बनाइएको चियाले प्रतिस्थापन गर्न सक्नुहुन्छ।

    सुन्दा अनौंठो लाग्न सक्छ, तर यसले तपाईंको स्वास्थ्यलाई स्वस्थ राख्नमा धेरै मद्दत पुग्दछ। त्यसोभए हामी तपाईंलाई आज सुन्तलाको बोक्राले बनाएको चियाका फाइदाहरू बताउँछौं। तर त्यो भन्दा पहिले, यसलाई कसरी बनाउने जान्नुहोस्,

    आवश्यक सामग्रीः
    सुन्तलाको बोक्रा १-२ वटा
    पानी आवश्यक्ता अनुसार
    गुड़ स्वाद अनुसार
    ल्वांग २ देखि ३ सम्म
    दालचिनी १/२ इन्च टुक्रा

    चिया बनाउने विधिः
    १.पहिले सुन्तलाको बोक्रा राम्रोसँग धुनुहोस्।
    २.अब प्यासनमा गुड़ राखेर बाँकी सामग्रीहरू थप्नुहोस्।
    ३.यसलाई २-३ मिनेटको लागि उमाल्नुहोस्।
    ४.पानीको रंग परिवर्तन हुन थालेमा यसलाई आगोको सानो आँचमा राख्नुहोस्।
    ५.यसपछि तपाईंको सुन्तलाको बोक्राको चिया तयार हुन्छ।
    ६ यसलाई कपमा राख्नुहोस् र गुड़ मिसाएर पिउनुहोस्।

    अब जानौं सुन्तलाको चिया पिउँदाका फाइदाहरुः

    क्यान्सरको रोकथाम
    सुन्तलाको बोक्रामा एन्टी अक्सीडेन्ट, एन्टि भाइरल, एन्टी क्यान्सर गुणहरू आदि हुन्छन्। यस्तो अवस्थामा यसले शरीरमा सूजनपना र छालामा हुने क्यान्सरको समस्याबाट बचाउँछ।

    मधुमेह नियन्त्रण 
    यसको सेवनले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्दछ। मधुमेहका बिरामीले यसलाई आफ्नो आहारमा समावेश गर्नुपर्दछ।

    मुटु स्वस्थ
    यो चियाको सेवनले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्दछ। मुटु स्वस्थ राख्नुमा सम्बन्धित रोगहरूको जोखिम पनि कम गर्दछ।

    रोग प्रतिरोध क्षमता बढाउँछ
    भिटामिन सी ले भरपूर सुन्तलाको बोक्राको चिया पिउँदा रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। यो चियाले मौसमी रोगहरू जस्तै खोकी, चिसो आदि बाट पनि जोगाउँछ।

    शरीरको तौल घटाउँछ
    भिटामिन सी को धनी मानिने सुन्तलाको बोक्रको चियाले शरीरमा मेटोबोलिजम बढाउँदछ। जसले गर्दा शरीरमा जमेर बसेको बोसोलाई कम गर्दै जान्छ।

    पेटको समस्याहरु टाढा भाग्छन्
    यसको सेवन गर्नाले तपाईलाई पेटमा हुने जलन, ग्याँस, अपच, पेट फूल्ने आदि समस्याबाट राहत मिल्नेछ। पाचन प्रक्रिया पनि राम्रो बनाउन मद्दत पुग्दछ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार