रामपुरमा दृश्यावलोकन स्तम्भ बन्दै
पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको छ ।
नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरुप करिब ५० फिट अग्लो (चार तलाको) दृश्यावलोकन स्तम्भ निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्न करिब रु ६० लाख लाग्ने अनुमान गरिएको छ ।
बेझाड बजारदेखि सवारी साधनमा करिब १० मिनेटको समयमा पुग्न माथिल्लो भेगमा रहेको बरडाँडा क्षेत्रबाट कालीगण्डकीबेँसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने छ । रामपुरमा बाह्य पर्यटक भित्र्याउनका लागि दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए । अहिले भने दृश्यावलोकन स्तम्भ निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहक आउने क्रम विस्तारै बढ्दैछ । दृश्यावलोकन स्तम्भ निर्माणकार्यले गाउँमा विकासको लहर अगाडि बढेको अनुभूति स्थानीयवासीले गरेका छन् ।
दृश्यावलोकन स्तम्भ निर्माण गरिने क्षेत्रमा उद्यानलगायतका विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण अगाडि बढाएको जनाएको छ । सो क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय वसन्तराम ठाडा, चेतनाथ पङ्गेनी, विष्णुबहादुर सेनले दुई÷दुई आना जग्गा सहयोग गरेका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस