आलसका फाइदै फाइदा
आलसनलाई अंरेजिमा फ्याक्स सिड वा लिनम युसिटाटिसेसम पनि भनेर चिनिन्छ । आलस जुन हजारौं वर्ष पहिलेबाट मध्य पूर्वामा प्रयोग गर्न शुरू भएको थियो। पछि गएर यो स्वास्थ्य खानाको रूपमा लोकप्रिय हुदै गयो।
‘हायपरटेन्सन जर्नल’ मा प्रकाशित रिसर्चका अनुसार आलसले रक्तचाप बढ्नबाट रोक्नुको साथै हृदय रोगहरूको जोखिम पनि कम गर्दछ। आलसमा हुने फाइबरको उच्च मात्राको कारणले कोलेस्ट्रोल नियन्त्रण गर्दछ ।
बिभिन्न अनुसन्धानमा यसका विभिन्न फाइदाहरू देखिएकाले यसलाई सुपरफुड पनि भनिन्छ। विज्ञहरूका अनुसार यसको अधिक मात्रा सेवन गर्नबाट बच्नुपर्दछ। प्रतिदिन २५ ग्रामभन्दा बढी आलस खानेले टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र बेचैनी पैदा हुने जस्ता समस्या देखापर्न सक्छ। जब हामी फाइबरयुक्त खाना खान्छौं, यसले हामीलाई लामो समयसम्म पेट भरी महसुस गराउँदछ। जसले हामीलाई बारम्बार खानबाट रोक्दछ। जब हामी एन्टिअक्सिडेन्ट भएको खानाको बारेमा सोच्दछौं, तब फलहरू र तरकारीहरू दिमागमा आउँछन्। तर आलस एन्टिअक्सिडेन्टहरूले भरपुर १०० खाद्यहरूको सूचीमा ९ औं स्थानमा छ। एन्टिअक्सिडेन्टहरूले हाम्रो कोषहरूलाई स्वस्थ राख्दछ। यसैले विशेषज्ञहरु यसलाई लाभदायक ठान्दछन्।
आलसका फाइदाहरूः
१) यसमा भएकाे ओमेगा-३ हृदयका लागि लाभदायक
आलसमा राम्रो फ्याट ओमेगा-३ हुन्छ। जुन मुटु, उच्च बीपी र क्यान्सर बिरामीहरूका लागि लाभदायक छ। ओमेगा-३ प्रायः शाकाहारी वस्तुहरूमा फेला पर्दछ। तर आलसमा यो पर्याप्त मात्रामा पाइन्छ। २.५० लाख मानिसहरूमा गरिएको अध्ययनमा यो पनि प्रमाणित भएको छ कि ओमेगा-३ ले हृदय रोगको जोखिमलाई १४ प्रतिशतले घटाउँदछ।
२) आलसले कोलन र छालाको क्यान्सरको जोखिम कम गर्दछ
क्यानाडामा ६ हजार महिलामा गरिएको एउटा अध्ययन अनुसार आलसले क्यान्सरको जोखिम पनि कम गर्दछ। यसले बोटको खानाभन्दा ६०० गुणा बढी लिग्निन समावेश गर्दछ। जसले गर्दा कोलोन र छालाको क्यान्सरको जोखिम कम गर्दछ।
३) वजन घटाउन सहयोगी
यदि तपाईं वजन कम गर्न सुरू गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो आहारमा आलस दैनिक प्रयोग गर्नु पर्दछ। यसमा फाइबर र प्रोटिनको मात्रा पर्याप्त हुन्छ। जसले भोकलाई कम गर्दछ र बढी खानपानबाट तपाईंलाई रोक्दछ। ओमेगा-३ फ्याट्टी हुने एसिड, फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्टहरूले मेटाबोलिजम बढाउँछन्। जसले बढ्दै गएको मोटोपन नियन्त्रण गर्न मद्दत गर्दछ।
४) पाचन शक्ति राम्रो बनाउँछ
आलसमा फाइबरको मात्रा पर्याप्त हुन्छ। जसले पाचन शक्ति बढाउँदै कब्जियतको समस्या हटाउँछ। यसमा रहेका ओमेगा-३ र ६ फ्याट्टी एसिडहरूले पनि तनावको स्तर कम गर्न मद्दत गर्दछ।
यसरी खानुहोस् आलसः
१) सलादसँग मिसाएर
२) दहिसँग मिलाएर
३) फ्राई गरेर
४) स्मूदिजसँग मिसाएर
५) कुकिजसँग
(याद राख्नुहोस् दिनमा २५ ग्रामभन्दा धेरै सेवन गर्नुहुँदैन )
एक चम्चा आलसमा यी गुणहरू हुन्छन्ः
क्यालोरीः ३७ प्रतिशत
प्रोटिनः १.३ जि.एम
कार्बोहाइड्रेडः २ जि.एम
फाइबरः १.९ जि.एम
फ्याटः ३ जि.एम
प्रोटिनः १.३ जि.एम
भिटामिन बि १ः ८ प्रतिशत
भिटामिन बि ६ः २ प्रतिशत
म्याग्निसियमः ७ प्रतिशत
क्याल्सियमः २ प्रतिशत
आइरनः २ प्रतिशत
फस्फोरसः ४ प्रतिशत
पोटासियमः २ प्रतिशत
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस