• जीवनशैली | Jiwanshaili
  • महिनावारी चाँडो गराउन के खाने ?


    महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै काम विशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी होस् भन्ने चाहनुभएको छ भने खानपानमा परिवर्तन गरेर पनि लक्ष्य हासिल गर्न सकिन्छ । महिनावारी चाँडो गराउन यस्ता खानेकुरा खानुपर्छः

    फलफूल र तरकारी
    क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महिनावारी चाँडो हुन्छ । मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ । क्यारोटिनले शरीरमा एस्ट्रोजेन हार्मोनको मात्रा बढाइदिन्छ, जसकारण महिनावारी चाँडै हुन्छ ।

    रातो मासु
    रातो मासु बढी खाने गर्नाले शरीरमा बढी ताप उत्पन्न हुन्छ र महिनावारी निर्धारित मितिभन्दा चाँडै हुन जान्छ ।

    सक्खर
    सक्खर खानाले पनि महिनावारी चाँडै हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

    अनार
    दिनमा तीन ग्लास अनारको जुस खाने गर्नाले महिनावारी चक्र चाँडै सुरु हुन्छ ।

    भुइँकटहर
    भुइँकटहरले शरीरमा ताप उत्पन्न गराउँछ । बढी मात्रामा भुइँकटहर खाने गर्नाले महिनावारी चाँडै हुन्छ ।

    बेसार
    उम्लँदै गरेको पानीमा एक चिम्टी बेसार हालेर हरेक बिहान र राति पिउने । महिनावारी हुनुभन्दा १५ दिनअघिदेखि लगातार यसो गर्दा पाँच दिनअघि महिनावारी भएका उदाहरण प्रशस्तै छन् ।

    महिलाको गर्भाशयको भित्री अस्तर रगत योनीबाट निष्कासन हुने प्रक्रिया महिनावारी हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। कसै कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिलाहरु ४५ देखि ५५ वर्षभित्रको उमेरमा महिनावारी सकिन्छ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार