• जीवनशैली | Jiwanshaili
  • गुलाबको फूल मात्र नभई तेल पनि फाइदाजनक


    छालाको दाग र घाउका कारण के तपाईंलाई समस्या भइरहेको छ? यो समस्या हटाउन गुलाबको तेल लाभदायक छ । यसको फाइदाहरू जान्नुहोस्

    विशेषत गुलाबको तेल सुगन्ध र सुन्दरताको लागि प्रयोग गरिन्छ । ग्रीक भाषामा यसलाई ‘मुसर्रे’ भनिन्छ । वर्षौदेखि गुलाबलाई धेरै विधिबाट औषधीहरु बनाउनको लागि प्रयोग गरिदै आएकोछ ।  गुलाबको फुलहरु मात्र नभई यसको तेल पनि धेरै रोगहरुको उपचारको लागि प्रयोग फाइदावान छ । यसको तेलले तनाव हटाउनको साथै शरीरको सुन्निएको भाग घटाउन मद्दत गर्दछ ।

    गुलाबको तेलको फाइदाहरु जान्नुहोस्ः

    यसले एन्टिसेप्टिक र एन्टिडिप्रेन्सेटले जसरी काम गर्छ । एन्टिइन्फ्लिमेन्ट्रि भएको कारण यसले सुन्नाइलाई घटाउने काम गर्छ । यो भिटामिन सी, बी र इ को खानी हो । तपाईंलाई तनाव वा डिप्रेसन छ भने यसको वास्ना सुघ्दा राहत मिल्छ । यसकालागि कपासको मद्दतले घाँटि, हात वा टाउकोमा यसको तेल लगाउनुहोस् । तेलका केहि थोपा पानिमा हालेर नुहाउनु पनि छालाका लागि राम्रो हुन्छ ।

    यो तेल यसरी तयार हुन्छः

    औषधीको लागि प्रयोग हुने यो तेल खास तरीकाको गुलाबका पेटल्सबाट तयार गरिन्छ । त्यो फूलको नाम डमस्कस गुलाब हो ।  यो फूल धेरै सुगन्धित हुने भएकोले औषधीमा बाहेक अरोमा थेरापीमा पनि प्रयोग गरिन्छ ।  गुलाबको ताजा पत्ताहरुलाई स्टीम प्रोसेसको मद्दतले यो तेललाई निकालिन्छ ।

    यी समस्याहरुमा फाइदाजनक छ गुलाबको तेल

    तनावः
    यसले खूशी पार्ने हर्मोन निकाल्दछ । एन्टिडिप्रेन्सेट खुबी भएको कारण मष्तिष्कलाई शान्ति दिएर यसले तनाव हटाउँदछ । यो तेल प्रयोग गरि दिइने थेरापीले सकरात्मक विचारहरुको साथसाथै खुशी बढाउने हर्मोनहरु जस्तै एन्ड्रोफिन, डोपामाइन र सेरेटोनिनलाई निकाल्न मद्दत गर्दछ ।

    संक्रमणः
    घाउहरु निको पार्न मद्दत गर्दछ । छालामा हुने धेरै प्रकारको घाउहरु भर्नको साथै संक्रमण रोक्नको लागि गुलाबको तेलले मद्दत गर्दछ । ग्रीक विधिमा छालाको लागि यसलाई धेरै नै प्रयोग गरिन्छ ।

    प्युरीफायरः
    गुलाबको तेलले रगतलाई सफा गर्दछ । गुलाबको तेलले हेमोस्टेटिक ड्रगले जसरी काम गर्दछ जसले अनियन्त्रित रगतको प्रवाहलाई रोक्दछ । चोटपटक तथा महिलाहरु महिनावारीको समयमा यो लाभदायक छ । यसले रगत सफा गर्न मद्दत गर्दछ ।

    दाग तथा निशानहरु हटाउँदछ:
    अनुहारमा हुने घाउ तथा शरीरमा हुने दादुरा निको भएपनि दागहरु बस्ने गर्छ । यस्तो हुँदा गुलाबको तेलको दैनिक प्रयोगले त्यो दाग र निशानहरु घट्दै जान्छ । महिलाहरुको डेलिभरि पछि शरीरमा हुने स्ट्रेचमार्कलाई हटाउन पनि यो फाइदाजनक छ ।

    नशाको समस्यामा फाइदाजनक:

    यसमा राम्रो एन्टिपास्मोडिक तत्व हुन्छ जसले नशा र मांशपेशी फर्किने समस्यालाई निर्मुल गर्छ । साथै पेट फर्किने समस्यामा पनि साथ दिन्छ । नशालाई शक्तिशाली बनाउन गुलाबको तेलले टौनिकको काम गर्दछ । यसको दैनिक प्रयोगले नशा तथा मांशपेशीहरू एक्टिभ भएर मजबुद हुन्छ ।

     

     

     


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार