• जीवनशैली | Jiwanshaili
  • आज विश्व क्षयरोग दिवस


    आज विश्व क्षयरोग दिवस हो । प्रत्येक वर्षकाे मार्च २४ मा याे दिवस मनाइने गरिन्छ । क्षयरोगको विनाशकारी स्वास्थ्य, सामाजिक र आर्थिक नतिजाको बारेमा जनचेतना जगाउने र विश्वव्यापी महामारीलाई अन्त्य गर्नका लागि  प्रयासहरू अगाडि बढाउन विश्व क्षयरोग दिवस मनाइएको हो  । विश्व क्षयरोग दिवस विश्वभर क्षयरोग को प्रभावको बारेमा जनतालाई शिक्षित गर्ने दिनकाे रूपमा मनाइने  गरिन्छ।

    क्षयरोग विश्वको सबैभन्दा घातक संक्रामक रोग­हरू मध्ये एक हो। प्रत्येक दिन, लगभग ४ हजार मानिस क्षयरोगको कारण आफ्नो ज्यान गुमाउँछन् र लगभग  २८ हजार मानिसहरू यो रोगबाट बिरामी हुन्छन्।

    विश्व क्षयरोग दिवस २०२१ को  नारा  –’द क्लक् इज टिक्किङ’ अर्थात ‘समय बित्दै छ’ भन्ने रहेको छ । यसले  क्षयरोग अन्त्य गर्न गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्न समय बित्दै जाँदैछ भन्ने बुझाउँदछ ।

    यो विशेष गरी कोभिड-१९ महामारीको सन्दर्भमा गम्भिर रहेको छ । जसले विश्वव्यापी स्वास्थ्य कभरेज हासिल गर्नेतर्फ डब्ल्यूएचओको अभियानको साथ रोकथाम र हेरचाहमा समान पहुँच सुनिश्चित गर्ने र क्षयराेगकाे अन्त्य गर्ने उदेश्यलाइ जोखिममा पारेको छ ।

    यो वर्षको नाराले डिसेम्बर २०२२ मा क्षयरोग सम्बन्धी संयुक्त राष्ट्रसंघीय राजनीतिक घोषणा पूरा गर्न मात्र एक बर्ष बाँकी रहेको जानकारी गराउँदछ ।

    हाल नेपालमा करिब १ लाख १७ हजार मानिसहरु क्षयरोग संक्रमित छन् ।

    क्षयरोग

    माइक्रो ब्याक्टेरियम ट्युबरक्युलोसिस भनिने ब्याक्टेरियाबाट क्षयरोग हुन्छ । यसले सामान्यतः फोक्सोमा सङ्क्रमण गर्छ र शरीरको अन्य भागमा पनि सङ्क्रमण गर्न सक्छ ।

    क्षयरोगबाट सङ्क्रमण भएको रोगी मानिसले खोक्दा हाछ्युँ गर्दा वा कुरा गर्दा खेरी उसको मुख वा नाक बाट हावामा क्षयरोगको ब्याक्टेरिया फैलन्छ र अर्को व्यक्तिले स्वास फेर्दा खेरी आफ्नो फोक्सोमा त्यो ब्याक्टेरिया निलेमा यो रोग सर्छ ।

    प्रकार

    निष्क्रिय क्षयरोग र सक्रिय क्षयरोग गरि यो २ प्रकारको छ ।

    हाम्रो शरीरको रोग प्रितरोधात्मक क्षमताले सङ्क्रमणलाई नियन्त्रण गर्न सक्षम हुने भएकोले क्षयरोगको जीवाणु स्वासबाट शरीर भित्र प्रवेश गनार्ले सामान्यतः एक जना व्यक्तिलाई बिरामी बनाउँदैन । त्यस मानिसको शरीर भित्र त्यो जीवाणु जीवित तर निष्क्रिय रहन्छ । यसलाई निष्क्रिय क्षयरोग भिनन्छ । यसलाई क्षयरोग सङ्क्रमण र अप्रत्यक्ष क्षयरोग पनि भिनन्छ । निष्क्रिय क्षयरोग भएका मानिसहरु बिरामी होइनन् र तिनीहरुले अरुलाई क्षयरोग फैलाउँदैनन्।

    तर एक जना व्यक्तिको रोग प्रितरोधात्मक क्षमताले क्षयरोगको जीवाणुलाई वृध्दि हुनबाट रोक्न सकेन भने तिनीहरुले सिक्रय क्षयरोग विकास गर्छन् । यसका लक्षणहरु निम्न लिखित लगायतका हुन सक्छन्

    • खोकी
    • खोक्दा खेरी रगत वा खकार निस्कनु
    • ज्वरो
    • राती सुत्दा खेरि पसिना आउनु
    • शरीरको तौल घट्नु
    • थकाइ लाग्नु

    सक्रिय क्षयरोगले फोक्सो वा स्वास नलीलाई असर पारेमा यसलाई सङ्क्रमण योग्य भनिन्छ । यदि यसले शरीरको अन्य भागमा सङ्क्रमण गरेको छ भने त्यो सङ्क्रमण योग्य हुने सम्भावना कम हुन्छ ।

    कस्ता व्यक्तिमा क्षयरोग विकसित हुन सक्छ ?

    नाबालक र वृद्ध तथआ बढी तनाव ग्रस्त भएको अनुभव गर्ने व्यक्तिहरु र विभिन्न स्वास्थ्य सम्बन्धि कमजोर प्रितरक्षा प्रणाली भएका मानिसहरु सक्रिय क्षय रोगीको रुपमा वकिसत हुने सम्भावना बढी हुन्छ ।

    क्षयरोगको जाँच गर्ने विधिहरू

    निम्न परीक्षणहरुबाट संक्रमण छ या छैन भनि थाहा गर्न सकिन्छ ।

    • ट्युबरक्युलिन रिएक्सन जाँचः ट्यूबरकुल ब्यासिलसद्वारा सङ्क्रमित भएको अथवा BCG लिएका मानिसहरूको छालामा प्रतिक्रिया भइ रातो हुन्छ ।
    • रगत जाँचः यसबाट क्षयरोगको सङ्क्रमण भएको वा नभएको पत्ता लाग्छ।
    • छातीको एक्स-रेः फोक्सोमा घाउ भए देख्न सकिन्छ । क्षयरोगको धेरैजसो अवस्थामा प्राय फोक्सोको क्षयरोग भएको देखिन्छ ।

    यदि क्षयरोग छ भन्ने थाहा भएमा के गर्नेः

    • यदि खकार जाँचमा ट्यूबरकुल ब्यासिलस पाइएमा, अस्पताल भर्ना भएर उपचार शुरु गर्नु पर्छ। २ देखि ३ महिनासम्म अस्पताल बस्नु पर्न सक्छ।
    • यदि खकार जाँचमा ट्यूबरकुल ब्यासिलस नदेखिएमा, र धेरै गम्भीर अवस्था नभए, अस्पताल नबसी घरबाटै पनि उपचार गराउन सकिन्छ। साथै, अस्पताल बस्ने बिरामीहरूमा ट्यूबरकुल ब्यासिलस नदेखिएमा, उनीहरूले पनि बाह्य रोगीकै रूपमा उपचार गराउन सक्छन्।

    क्षयरोग रोकथाम गर्न सिकने, उपचार हुने र निको हुने रोग हो ।

    सक्रिय क्षयरोगलाई निको पार्न र सक्रिय क्षय रोगलाई विकसित हुनबाट रोक्न सक्ने एन्टिबायोटिकहरु उपलब्ध छन्। क्षयरोग विरुध्द लड्नको लागि प्रयोग गिरने सबैभन्दा चलन चल्तीको औषिध आइसोनायिजड, पाइराजिनामाइड, रिफाम्पीन र इथाम्बुटोल हो ।

    यसैगरि निष्क्रिय क्षयरोग छ र त्यो निष्क्रिय क्षयरोग सक्रिय क्षयरोगमा परिणत हुनसक्ने सम्भावनाबाट रोक्नको लागि चिकित्सकले बिरामीको लागि नौ देखि बाह्र मिहनासम्म सेवन गर्नको लागि प्रोफाइलाक्सीस सिफारिस गर्न सक्छन् ।

    क्षयरोगबाट बच्न यी कुराहरूबारे होसियार रहनुहोस

    • दैनिक जीवनमा सतर्क हुनुपर्ने कुराहरूः
    • एउटा सन्तुलित भोजन लिने
    • धूम्रपान त्याग्ने
    • राम्रो निन्द्रा
    • थकानबाट बच्न
    • ठीक मात्रामा व्यायाम गर्ने
    • मानसिक चापको रोकथाम गर्ने
    • याद राख्नुपर्ने चिकित्सकीय कुराहरू
    • यदि खोकी २ हप्ता भन्दा बेसीमा पनि निको नभए तुरुन्तै जाँच गराउनुहोस् (यदि सर्दी खोकी जस्तो लक्षण रहि रहेमा पनि जाँच गराउनुहोस)
    • वर्षमा एक पटक छातीको एक्स-रे गराउनुहोस् !
    • शिशुहरूले खोप (BCG) लगाउनु पर्छ।

    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार