खाना खाएपछि हिड्नुका फाइदाहरू
खाना खाइसकेपछि केही समय हिँड्नु शरीरको लागि फाइदाजनक रहेको अनुसन्धानले पत्ता लगाएको छ । अनुसन्धानकर्ताका अनुसार खाना खाइसकेपछि तपाईँको शरीरको क्षमता अनुसार १० देखि ३० मिनेट सम्म हिँड्न राम्रो हुन्छ । यसरी हिँड्दा क्यालोरी बर्न हुन्छ जसको कारणले तौल बढ्ने सम्भावना कम हुन्छ । यसका साथै क्यान्सर जस्ता घातक रोगको जोखिमलाई पनि कम गर्दछ ।
पाचन प्रक्रिया राम्रो बनाउछः
खाना खाए पछि हिँड्ने बानीको सुधार गर्नु भयो भने तपाईँको पाचन प्रक्रिया राम्रो हुँदै जाने छ । जब शरीर सक्रिय रहन्छ तब आन्द्रामा खानाको आवागमन पनि छिटो हुन्छ । जसको कारणले, खाना छिटो र सजीलोसगँ पचाउन सकिन्छ । यस बाहेक छातीको दुखाइ, पेटको दुखाइ, कोलोरेक्टल क्यान्सर र ग्यास्ट्रिक तथा अल्सरको जोखिम पनि कम हुन्छ ।
रगतमा चिनीको मात्रा कन्ट्रोलमा राख्छ:
खाना खाए पछि हिँड्ने बानीले शरीर निरन्तर रूपमा सक्रिय भइरहन्छ जसको कारणले रगतमा चिनीको मात्रा बढ्ने सम्भावना कम हुन्छ । २०१६ मा गरिएको अनुसन्धानले भन्छ कि खाना खाएपछि बढने चिनीको मात्रालाई १० मिनेट पैदल हिँड्नाले घटाउँछ ।
हृदय रोगको जोखिम कम हुन्छः
अनुसन्धानकर्ताले शारीरिक गतिविधि हृदयको लागि लाभदायक भएको बताएका छन् । अमेरिकी स्वास्थ्य विभागका अनुसार खाना खाएपछि १० मिनेट हिँड्नाले हृदय रोगहरूको जोखिम कम गर्न मद्दत पुर्याउँछ।
तौल बढ्दैनः
विज्ञहरूका अनुसार खाना खाए पछाडि हिँड्दा क्यालोरी बर्न हुन्छ। यदि तपाईँ नियमित हिँड्ने बानी बसाल्नुहुन्छ भने, तौल बढ्ने जोखिम धेरै हदसम्म कम हुन्छ । तर, याद राख्नुहोस् दैनिक आहारमा बढी तेल र मसलाहरू सेवन गर्नु हुँदैन।
रक्तचाप बढ्दैनः
नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार १० मिनेट हिँड्नाले शरीरमा रक्तचाप बढ्न पाउँदैन ।
खाना खाए पछाडि द्रुत गतिमा भने हिँड्न नहुने विज्ञहरूले बताएका छन् । पेटमा दबाब नपर्ने गरी हिँड्नु पर्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस