• जीवनशैली | Jiwanshaili
  • गर्भावस्थामा कफी बन्न सक्छ घातक


    पछिल्लो समय कफी पिउनेको सङ्ख्या बढ्दै गएको छ । कफी पिउनु संस्कृति नै बनेको छ । बालबालिका देखि युवा होस चाहे बृद्दा धरैको रुचि बनेको छ  कफी। तर कफी कति पिउने भन्ने विषय थाहा नहुन सक्छ । विशेष गरी  गर्भावस्थाको समयमा त बढी नै खतरा हुने तथ्य सार्वजनिक भएको छ  । यदि गर्भावस्थामा  एक दिनमा आधा कप कफी मात्रै पनि पिउने बानी छ  भने बच्चा सानो जन्मिन सक्ने खतरा देखिएको छ ।

    अन्वेषकहरूका अनुसार क्याफिनको असरले गर्भाशय र गर्भ नाल स्राव हुन्छ ।

    अमेरिकी वैज्ञानिकहरूले हालसालैको अनुसन्धानमा यस्तो  दाबी गरेका हुन् । अनुसन्धानका अनुसार यदि बच्चा जन्मिदा सानो छ भने भविष्यमा मोटोपना, हृदय रोग र मधुमेहको हुने खतरा बढ्दछ ।

    अन्वेषकहरूका अनुसार क्याफिनको असरले गर्भाशय र गर्भ नाल स्राव हुन्छ । यसले गर्भमा बच्चालाई रगत आपूर्ति कम गराउँदछ । नतिजाको रूपमा, यसले शरीरको विकासमा प्रभाव पार्न सक्छ ।

    त्यति मात्र नभएर यसले शरीरको हार्मोनल गडबडी हुने जोखिम पनि बढाउँछ र भविष्यमा बच्चामा मोटोपनाको समस्या देखिन सक्छ ।

    अनुसन्धानकर्ताहरूले गर्भवती महिलालाई गर्भावस्थामा चिया-कफी र एनर्जी ड्रिङ्क जस्ता क्याफिनयुक्त पदार्थहरू नखान सल्लाह दिएका छन् । त्यस्तै स्वास्थ्य एजेन्सी एन एच एसका अनुसार, गर्भवती महिलाले २०० एम एल भन्दा धेरै क्याफिन लिनु हुँदैन।

    गर्भावस्थामा क्याफिन जस्ता पेय पदार्थहरू कम गर्नु आवश्यक छ ।

    अन्वेषकहरूले यस अनुसन्धानमा विभिन्न देशका २,००० भन्दा बढी  महिलाहरूलाई संलग्न गराएका थिए । यो अनुसन्धान १२ भिन्न भिन्न ठाउँमा गरिएको थियो । ८ देखि १३ हप्ताका गर्भवती महिलाहरूले अनुसन्धानमा संलग्न हुनको लागि दर्ता गरेका थिए । यी सबै महिलाहरू धूम्रपान नगर्नेहरू थिए र गर्भावस्था अघि कुनै रोगबाट ग्रस्त थिएनन् ।

    गर्भावस्थामा क्याफिन जस्ता पेय पदार्थहरू कम गर्नु आवश्यक छ ।अमेरिकी विशेषज्ञ क्याथरिन ग्रान्ट्ज भन्छन्, ‘यदि तपाईँ गर्भवती हुनुहुन्छ भने, डाक्टरको सल्लाह बमोजिम मात्रै क्याफिन लिनु पर्दछ ।’


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार