सात महिनामा उपत्यकाको घर-घरमा मेलम्चीको पानी
उपत्यकामा वितरण हुन थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट भइरहेको छ ।
केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ । अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन्।
सोमबार बबरमहलदेखि उत्तर र पुरातत्त्व विभागको दक्षिणतर्फको धोबीखोलासम्म २ सय घरमा चौबीसै घण्टा आउने गरी पानी छाडिएको थियो। पानी आएपछि उत्साहित स्थानीय कतै पाइप लिकेज देखिए तिनको मर्मतसम्भारमा जुटेको उनको भनाइ छ । अहिले २ सय २० किमि क्षेत्रको पाइपमा परीक्षणको काम भएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस