यसरी रह्याे अप्रिल १ मूर्ख बनाउने दिन
आज १ अप्रिल संसारभर मूर्ख बनाउने दिनका रुपमा मनाइदै छ । आजका दिन एकअर्कालाई झुक्याउँने दिनकाे रूपमा लिने गर्दछन्। आजको दिन धरैले जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए ।
अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ । भनिन्छ, पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो ।
सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे । जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस