रायमाझी कुलदेवताको रक्तदान सम्पन्न
रायमाझी बन्धुहरूको साझा राष्ट्रिय संगठन ‘रायमाझी कुलदेवता समिति’ले आयोजना गरेको रक्तदान शिविरमा दुई दर्जन बढीले रक्तदान गरेका छन् ।
शनिबार समितिको केन्द्रीय कार्यालय तारकेश्वर नगरपालिका , ४ मा भएको कार्यक्रममा स्वेच्छापूर्वक युवाहरूले रगत दान गरेका हुन् । समितिका संरक्षक खेमबहादुर रायमाझीको उपस्थिति तथा रायमाझी कुलदेवता समितिका केन्द्रीय अध्यक्ष वीरविक्रम रायमाझीको सभापतित्वमा कार्यक्रम भएको हो ।
समितिले वर्षमा दुईपटक रक्तदान गर्दै आएको छ । कोरोनाका कारण २०७७ मा पहिलोपटक यो रक्तदान गरिएको हो । यसबाहेक रायमाझी कुलदेवता समितिले स्वास्थ्य शिविर, राहत वितरण गर्दै आएको छ । बन्धुहितका कार्य तथा रायमाझी वंशावली अभिलेखिकरण पनि समितिले गर्दै आएको सचिव लक्ष्मणबहादुर रायमाझीले बताए ।

क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस