पित्ताशयमा पत्थरी हुनबाट कसरी जोगिने
पित्ताशय एक सानो थैली हो जो कलेजोमुनि बसेको हुन्छ। कलेजोले उत्पादन गरेको पहेंलो खैरो पाचन इन्जाइम अथवा पित्त यसमा भण्डार हुनेगर्छ ।
विश्वको कुल जनसंख्याको लगभग १० प्रतिशत मानिसमा पित्त थैलीमा पत्थरी देखिन्छ । पित्तको पथ्थरी एउटा ठोस पदार्थ हो जुन ढुंगा भएर पित्ताशयमा बसेको हुन्छ। यसको निर्माण कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढुंगा जस्तो हुन्छ, जसलाई पत्थरी भनिन्छ ।
विज्ञहरू भन्छन्, पित्ताशयमा पथ्थरी र क्यान्सर हुने खतरा बढी हुन्छ। तसर्थ, यदि तपाईंको यस भागमा पथ्थरी छ भने लापरवाह नगर्नुहोस्। बरियट्रिक सर्जन डा. मयंक मदान भन्छन् कि यसको लक्षणहरू धेरै देखिदैन । त्यसैले बिरामीहरूले उपचार बीचमा छोड्छन्। यस्तो अवस्थामा लापरवाही गर्नु हुदैन। जान्नुहोस्, पित्ताशयमा हुने पथ्थरीका लक्षणहरू के के हुन् , कारण र सतर्क रहने तरिका र यसलाई कसरी हटाउने‘।
पित्ताशय ब्लेडरमा पथ्थरी बन्नुको कारण के हो ?
पित्ताशय ब्लेडरमा पथ्थरी हुनुको वास्तविक कारण अहिलेसम्म थाहा छैन। विज्ञहरू विश्वास गर्छन् कि जब पित्ताशोषकमा कोलेस्ट्रोल वा बिलीरुबिन एकदमै उच्च हुन्छ, त्यस्ताे अवश्थामा पथ्थरीको निर्माण हुन्छ। शरीरमा कोलेस्ट्रोल बढ्दा त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुदा कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी बन्दछ ।
कुन कारकहरूले पथ्थरी को जोखिम बढाउँछ
विज्ञहरू भन्छन् कि मोटोपना, हार्मोनल असंतुलन, मधुमेह र शरीरमा उच्च कोलेस्ट्रॉलको मात्राले पित्ताशयमा पथ्थरीको जोखिम बढाउँछ। यस बाहेक, उमेर संगै जोखिम पनि बढ्छ। यो धेरै जसो महिलामा देखिनेगरेको छ । छिटो तौल घटाउनु पित्ताशयमा पथ्थरीको जोखिम बढाउँनुको एक कारक हो ।
यस्का लक्षणहरु
माथिल्लो पेट र पिठियुँ दुख्नु
उल्टी हुनु
पेट सुन्निनु
छाती पोल्नु
पेट भारी हुनु
पेट को दाँया र कोखको बिस्तारै दुखाइ बढ्नु
विज्ञहरू भन्छन, जब अवस्था गम्भीर हुन्छ, पसिना आउँदछ, चिसो, उच्च ज्वरो र दिसा माटोसँग मिल्दोजुल्दो छ।
सतर्क रहने तरिका र कसरी हटाउने
१. भारि खाना र फ्राइड खाना खानबाट टाढा रहनुहोस्।
२. डाइटमा फाइबर आईटमहरू समावेश गर्नुहोस्।
३. क्याफिन र अधिक मीठा चीजहरू नखानुहोस्।
४. बढि खाना खानबाट जोगिनुहोस। सजिलै पचाउन सकिने गरि खानालाई सानो टुक्रामा खानुहोस् ।
५. जुनसुकै मौसम, दिनभर कम्तिमा ८ गिलास पानी पिउनुहोस्।
६. आफ्नो वजन नियन्त्रण गर्न, ४५ मिनेट कसरत प्रत्येक दिन गर्नुहोस्।
के कागति पानीले पथरीको आकार घटाउँछ ?
धेरै व्यक्ति भन्छन् कि कागतिले पथ्थरीको आकार घटाउँछ, यो कत्तिको सत्य छ डा .मयंक मदन भन्छन्, कागति पानीले गालको पथ्थरीलाई असर गर्छ भन्ने प्रमाणित गर्ने कुनै प्रमाण छैन। डाक्टरहरूले लापरोस्कोपिक शल्यक्रियाबाट पथरी हटाउने सल्लाह दिन्छन् यदि लक्षण देखा पर्दछ भने ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस