• जीवनशैली | Jiwanshaili
  • धारावाहिक उपन्यास ‘कल्पना’ (भाग-८)


    कल्पनाको घरमा आज धेरै मानिसहरूको जमघट छ । एकले अर्कोलाइ ढोग गनेए क्रम चलिरहेको छ । घरको वरिपरि सरसफाई अग्लो ठूलो अनि सिलेटको छाना भएको त्यसमा पनि सेतो र रातो माटोले पोलेर चिटिक्क पारिएको छ । अन्तत मन्दिरजस्तै देखिएको छ ।

    आँगनमा ठूलो मण्डम तयार पारेर चारैतिर पञ्चपल्वल गाडेर राता सेता, पहेला, हरिया निला ध्वजा पताका तानेर सजिसजाउ पारेका छ । मिठामिठा लोकगीत बजाएकोअवाज पल्लो माथिले  सबै डाँडा सम्म गुन्जिएको छ । मान्छेहरू एक भन्दा अर्को राम्रा देखा पर्दछन् । घरमा रोटी च्यूरा को मीठो बासना बहकीरहेको छ ।  सुक्क–सुक्क गर्दै गहभरि आँशु छातीभरि पींडा लिएर कल्पना कोठामा लम्पसार परेकी छिन् । आँखाबाट फुटेको मूल तकीया सम्म पुगेर सिन्चित भएको छ ।

    कल्पना ए कल्पना, होइन के भयो, तिमीलई उनको मम्मी गुहार्दै कोठामा पुगिन । मम्ममी मलिन अनि ओठ कमाउँदै म्ममीको दुबै खुट्टामा आफ्नो शिर राख्दै कल्नाले भनिन् । मम्मी हुन्छ । भने यो विहे नगरि दिनुहोस् । मैले अर्कै संग बाचा गरेको छु ।  सायद ऊ मेरो हात  माग्न यस घरमा छिटै  आउँछ होला । को आउँछ हात माग्न फेरि तैले यहाँ जसको कुरा गरेकी थिइस्  साढे एक वर्ष भैसक्यो …. खै थाहै छैन । मम्मीले भनिन् हैन ममी ऊ आफ्नो जागिरको व्यस्तताले गर्दा फुर्सद नभएको होला. फेरि उसले पत्र क्याम्पसमै पठाउँछ होला ….म यहाँ बसेको छु । ममी ऊ म विना बाँच्न सक्दैन । कल्पनाले भनिन् ।

    है त…त.. त्यस्को पछाडि लागेर मन दुखाउनु अनयासै किन पिर गर्दछेस हँ ? ममीले भनिन् । त्यो शहर बजारमा बस्ने मान्छे उसले अहिले समम घरजम गरेर अर्कै संसारको निर्माण गरिसक्यो होला तँ….तँ हैन मम्मी ऊ सच्चा र पवित्र आत्माको व्यक्ति होइन व्यक्तत्व हो । ऊ नारीको सत्कार गर्दछ फेरि ऊ म बाहेक अरूसँग अहिले सम्म नजिकिएको पनि छैन ।उसले मलाई बेला बेलामा फोन, चिठी पठाउँदा आफ्नो यथार्थ भन्ने गर्दथ्यो ।

    त्यो कागजमा लेखेको भावनाको मात्र संगालो हो । फेरि त्यो यथार्थ हुँदैन । ….. जिद्दी गर्नु  होइन ।  हामीले पनि त तेरो भलाई कै लागि सब गर्नु परेको त हो । के हामीलाई तेरो सुख शान्ति र उन्नती  भएको हेर्न…….. आँशु पुछ्दै ममीले भनिन् ।

    कल्पना ममीको मुखतिर हेरि ओठ कमाउँछिन् । छोरी हेर केटा ठीक छ पढेलेखेको पनि रहेछ । उसका बाबा उद्योगपति ऊ पनि आफ्नो व्यापार गर्ने दिनको कमसेकम  एकलाख फाइदा गर्छ रे । ल्यो पनि भारतिय रूपैयाँ .. अब आफै भन छोरी त्योसँग तेरी जीवन कति आनन्द सँग वित्छ । ममीले कल्पनाकोकपाल मुसार्दै भनिन्  ममी बाहिर निस्कदै  पीर नगर छोरी ।

    कल्पनाको मनमा एउटै मात्र थियो संगम संगम संगम । कल्पनाले संगमले लेखेका पत्रहरू निकालेर क्रमिक रूपले पढ्दै रहिन् । सबै पत्र कल्पनाले आफ्नो छातीमा राखेर भनिन् ।  हँ संगम तिमी कति निष्ठूरी भयौ । त्यसरी साता सातामा पत्र लेख्ने मान्छेले आज डेढ वर्षसम्म पनि किन वास्ता गरेनौ । के तिमीले लेखेको पत्रहरू जलत झुटा हुन् के एउटी निष्छल नारीको जीवन कागजको पत्रमा अडीन सक्छ ।

    संगम मैले तिमीलाई कति पटक आदर, सत्कार गरेर पत्र लेखें, . तर तिमीले जीवन साथीकै रूपमा अंगाल्यौ  हैन । अहिले मलाई यसरी आँशुमा डुबाउन  पुग्यौै हैन.. हो….हो संगम… हो । मलाई थाहा छ । कि तिमी एउटी स्वाभिमानीको खोक्रो खोल ओडेको मनका कलङ्ग रहेछौ । कल्पनाका आँखा सुनिएर डम्म भएका छन् । उसका सबै संग्ीहरूले मेहदी लगाउदै छन् ‘। कपाल मिलाउँदै र पालिस लगाउँदै सिंगारी रहेका छन् ।

    कल्ना बोल्न नसक्ने भईसकेकी छिन् । झलझली उही धोकेबाज अगाडि देखिरहन्छ । नारीको कोमल अनि निश्छल हृदय, कसैले उकपटक मायाको नाटक गर्दैमा उसकै भावनामा डुब्न पुग्ने विश्वास गरि हाल्ने कसैले सम्झाउँदा पनि सान्त्वना दिदैमा सर्वस्व ठान्ने ।

    हुन त यसमा नारीको कुनै दोा पनि त छैन । समय अनि परिस्थिति संग कसको के लाग्छ र । गतिशिल समयले कसैलाई पर्खदैन भन्नको गरिन्छ । नि मानिस समय र प्रकृतिको दास मात्र हो …हा. मानिसले न त प्रकृति को विरूद्ध संघर्ष गर्न सक्छ । न त यसको नियमको अन्त्य । भनिन्छ, देखेको भन्दा लेखेको पाइन्छ । लहनाले जस्तो जुराएँछ त्यस्तै हुन्छ ।

    समयको गतिसँगै कल्पनाले पनि धोकेबाजलाई  मनबाट पन्छाउने प्रयास गरिन् तर मुटुमा रोपिएको वाण कहाँ यति छिटै निको हुन्छ । अर्काको घाउमा मलहम पट्टि लगाएर आराम दिलाउँछु । भन्ने निष्ठुरी आज मेरोमुटुमा छुरी रोप्न सफल भयो । हैन धोकेवाज … जे होस् मलाई धोका दिए पनि म जस्ता सोझा अरू नारीलाइ धोका नदिनु है.. संगम तिमीले  मलाई बिर्सेपनि म तिमीलाई बिर्सन सक्दिन… संगम तिमी तिमी तिमी म  बाँच्न  सक्छौ भने म पनि तिमी बिना बाँच्ने प्रयास गर्ने छु ।  संगम जीन्दगी यस्तै रहेछ  मिलन बिछोडिको संगम । जिन्दगी यही रहेछ मनको कल्न हो । संगम तिमी जहाँ भएपनि सुख शान्तिसँग आफ्नो जीवन संगिनीसँग जीवन विताउनु है । लगनको समय (स्वयमबर) हुन लागीसक्दा पनि जन्ति नआइपुगेका हुनाले सबै आफ्नो आफ्नो हातको नारी हेर्दै के हो .. सात त बज्नै आँट्यो त सबैको एउटै इच्छा थियो । त्यत्रो व्यापारी को होला, कस्तो होला हेर्न सबै उत्सुक थिए ।

    पारीबो डाँडाबाट ३–४ जना मानिस ठाँटिएर आईरहेका थिए । सबैलाइ अनैठो लाग्यो । स्वाभाविकै थियो  कुरो त । त्यत्रो उद्यागपनिको छोरा भारतको ठूलो व्यपारी पंचेबाजा सहित टन्न जन्ति ल्याउनु पर्ने होइन र ? सबैले मुखामुख गर्न थाले के हो ?  एक अर्काको मुखमा हेर्दै ….

    कटा पक्ष गेट सम्म आइपुगे । बेहुलीलाई उनको दाइले बोकेर गेट सम्म ल्याए । स्वयमबरको काम सकियो । खाइलाग्दो अग्लो गोरो अनुहारमा कालो चस्मा हातमा र गलामा पहेंलो मोटो सुनको सिक्री सुट माथि  कालो कोट लगाएको दुल्हालाई देख्दो नलिभिने सायद विरलै थिए होला ।

    यस्तो आफूले सोंचे भन्दा बढ्ता जीवन साथी पाएकोमा कल्नाले पनिं संगमको स्थानमा आफ्नो हुँदै गरेको दिलको राजाार्ल  कमाण्डलुको जलले प्रदक्षिणा गरिन् । दुलाहालाई बोकेर मण्डम सम्म पु¥याइयो । कल्नाकाबुवाले सम्धि ज्यू…. ।

    उहाँ मिटिङ्कमा लण्डन जानु पर्ने भएकोले  । त्यसैले  हामी पनि यसरी नै आयौं ।  सायद दुलहाले भने । केही छैन । हामीहरूलाई पुग्यो कल्पनाको बुबाले भन्नुभयो ।

    यतिबेला कल्पना साँच्चिकै स्वर्गकी अप्सरा झै देखिन्थिन । विभिन् गर गहनाले सुसज्जित  अफै रातो सारी माथि रातो चोली आँखामा कालो गाजल ती रसिला ओठहरूमा रातो लिपिस्टिक, कलिला पैतलालाई चाँदीको पायलले सजाएको । भर्खरै फक्रन थालेका गुलाबको कोपिला जस्ती उनी जति हेरेपनि थकाई नलाग्ने एकै नजरले हरिरहुँ जस्ती ।

    रातभरि विधि पूर्वक विाह सकियो । विहान सबैले कल्नालाई विदाइ गरे । बाबा आमा , दाई संगी सबै चाडबाड ओभने पठाइदिनु होला ज्वाइ साहेब । छोरी सानै छे आतिन्छे होला  । हामीले तपाइको जिम्मा सुम्पियौं ।  दुलाहा हैन बाबा म्मी म हुँदा हुँदै किन पीर के म कल्पनालाई दुःख . सबैले कल्पनालाई विदाइ गरे । त्यो परिवार त्यो घर ति जन्म देखिनै प्रित गाँसेका डाँडा काँडा ति हरियाली बन पाखा ति सल्लाघारी त्यो । खोला त्यो चौतारो । त्यो उकाली ओराली ।

    कल्ना र रबिनको जोडी कति राम्रो आहा ¤ माथिबाटै देवताले मिलाएर पठाएको जस्तो । कल्पना र रविन माया ममता बाड्दै किहले कतै कल्पनालाई आफ्नो काखमा हाल्दै । म्वाइ खाँदै र २ दिन पछि नेपालगञ्ज सम्म आइपुगे ।  उनीहरूको नेपालगञ्ज होटलमा स्नेहमा भयो । खाना खाएर उनीहरू कोठा नं १०५  मा गए । रबिनले कल्पनालाई  स्नेह पूर्वक काखमा राखेर कपाल मुसारी रहेको थियो । कल्पना पनि रविनको न्यानो मामा हराईरहेकी थिइन् । रबिनले भन्यो कल्पना ….हँ … हजुर अप्ठ्यारो मानेझैं . हैन नाई. किन … हजुरसंग ? काखमा लामो भएर सुत्दै  ।

    रविनले मोबाइल निकाली एक कल फोन ग¥यो  हेलो म रबिन बोलेको यताको काम सफल भयो ।  हामी अहिले नेपालगञ्ज स्नेह होटलको कोठानं. १०५मा  बसेका छौं भोलि विहानै गाडि पठाइदिन्छु । बाँकी भेटमा रविनले फोन राखिदियो ।  कल्पना मुुसुक्क हाँस्दै ।

    कल्पना, हाम्रो नेपालमा भन्दाबढी व्यापार भारतमै छ । त्यसैले हामी अहिले उतै जान्छौं भोलि हामीलाई लिन गाडि बोलाएको छु ।  ड्राइभर सहित एक दुई जना साथीपनि आँउछन् । स्वागत गर्नु । रविनले मीठो स्वरमा ।

    कल्पना सोचाइमा रमाईरहिन् । म सायद संगम संग भएको भए यति माया अनि सुविधा पाउदिन थिएँ होला । आहा रविन कति भलादमी कति स्टेन्डर । के सोचेकी कल्पन रविनले सोध्यो …..किन ?

    कल्पना हजुर केही होइन ।  थकाई लागेको ।

    रविन ल रेष्ट गरौं ।  विहान गाडि आउँछ अनि राती नै आइपुग्दछ जानु पर्दछ । गाडिको आवाज आयो रविनले कल्पनालाई उठायो । कल्पना मस्त निद्रामा  थिइन् । कल्पना उठेर हातको घडी हेरिन ।  ४ बजेको थियो ।  रविनले कल्पनाको हात समाउारदै गाडीका बसयाल्यो अनि छेवैमा आफू पनि बस्यो । अगाडिको सितमा ड्राइभर र एकजना अर्को बसे ।

    गाडिले विस्तारै स्पिड  लियो । कल्पना पनि पढेलेखेको हुनाले बाटोमा  राखिएकासाइनबोर्ड हेर्दैथिइन् । करीब साँझ छ बजे गाडी भारतको मद्रस पुग्यो र मनस्टप एउटा ठूलो घरमा घुम्दै घुम्दै माथिल्लो छतमा  पुगेर रोकियो ।

    रविनले कल्पनाको हात समाएर कोठा  भित्र लग्यो । र सोफा देखाउँदै रेष्ट गर भनेर सम्बोधन ग¥यो । गाडीमा थाकेको हुनाले कल्पनाले सोफा आड लिएर बसिन् ।

    कल्पना अब हामी आइपुग्यौं हाम्रो घर यही हो । र हाम्रो कोठा पनि । म बाध रूम तिर गएर आँउछु । तिमी रेष्ट गर अँ यसो गर तिम्रो ति गहना खोलेर राखिहाल त यआाँ लगाउने चलन छैन ।  फेरि यस्तो लगाएको देख्दा यी कामदारहरूले पनि पत्याउँदैन ।  रविनले कल्पनालाई भन्यो । कल्पनाले आफ्नो आमाबाबुले दिएको नारीको सौन्दर्य सबै खोलेर आफ्नो श्रीमानको हातमा दिइन् । ल हजुर राखिदिनुहोस् म रेष्ट गर्छु ।  कल्पना सोफा मै आराम गर्न तेर्सिइन् रविन गहना राख्न अर्को कोठातिर लाग्यो । कल्पना सोफा मै निदाई ।

    (यो उपन्यास क्रमश प्रकाशन हुनेछ)


    क्याटेगोरी : कला शैली, समाज

    प्रतिक्रिया दिनुहोस