सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर
महोत्तरी / वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ ।
अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच, कर्राका एक र कान्तिराजपथका लागि एक थान कोभिड–१९ सङ्क्रमित बिरामीको घरघरका लागि पठाइएको सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिए ।
सङ्घको व्यवस्थापनमा स्थापना भएको कोभिड हेल्प डेस्कले जिल्लाका विभिन्न स्थानका कोभिड–१९ सङ्क्रमितलाई उपचारमा सहजीकरण गर्दै आएको छ । कोभिड–१९ सङ्क्रमित भई घरमै हाल आईसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको गुप्ताले जानकारी दिए ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सङ्क्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनका लागि सङ्क्रमितको घरमै गई स्वास्थ्यबद्र्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गर्दै आएको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस