पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
मार्तडी / नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा रहेर जनतालाई सु–सूचित गराउँदै आएका जिल्लाका सञ्चार माध्यमका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुराको समन्वय तथा पहलमा सामाजिक अभियान्ताको सहयोगमा सङ्क्रमितले पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाका सञ्चालित रेडियो, अनलाइन र पत्रिकामा कार्यरत पत्रकारलाई स्यानिटाइजर, माक्स, फेससिल्ड, पिपिई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले राससलाई बताए । उनका अनुसार सामाजिक अभियान्ता हेमराज थापा, नेपाली काँग्रेस महिला नेत्रीद्धय विद्या तिमिल्सेना र राधा खड्का गिरीले ती स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस