• जीवनशैली | Jiwanshaili
  • खोप सहयोग गर्न चीनलाई आग्रह


    उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ । प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
    नेकपा (एमाले ) का महासचिव पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेकामा जोड दिनुभयो । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार