मुखको सरसफाइ नै “क्याभिटी”बाट बच्ने उत्तम विकल्प
निषेधाज्ञाका कारण अहिले सबैजना घरभित्रै बस्न बाध्य छन् । घरमा बसिरहँदा थुप्रै गृहिणीहरूले विभिन्न नयाँ परिकार पकाउन प्रयास गर्ने र परिवारका सदस्यलाई खुवाउने गरेको पाइन्छ ।
यसले गृहिणीहरूको पकाउने सीप त बढेको छ, साथमा परिवारका सदस्यले समेत नयाँ परिकारको स्वाद लिन पाएका छन् । तर बालबालिका भएको घरमा हुनुहुन्छ भने खानेकुरा खाँदा ध्यान पुर्याउनुपर्ने दखिन्छ ।
दाँतको क्याभिटि भएका बालबालिकाका अभिभावकले यस विषयमा विशेष ध्यान दिनु आवश्यक छ । नत्र महामारीका बेला अस्पताल जानु झन् जोखिम हुन जान्छ ।
क्याभिटि भनेको के हो र घरमै बसेर क्याभिटिलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषय अहिले चर्चामा छ ।
क्याभिटीका विषयमा जीवनशैलीका लागि रीता श्रेष्ठले डेन्टिस्ट दिनेश श्रेष्ठसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
बालबालिकाहरूमा देखिने “क्याभिटि” के हो र कसरी यो हुन्छ ?
दाँतमा हुने थुप्रै समस्याहरू जस्तैः दाँत पहेँलो हुने, गिजाबाट रगत आउने, पाइरिया, पेरियोडाइटिस्, गिजा सुन्निने भनेजस्तै दाँतको एक समस्या हो क्याभिटि ।
क्याभिटि हुँदा दाँतमा हुने सर्फेस हार्ड टिस्यु जसलाई इनामेल पनि भनिन्छ त्यो विभिन्न कारणले बिग्रिएर दाँतमा प्वाल पर्ने तथा कालो दाग बस्ने हुन्छ । हामीले खानेकुरा खाइसकेपछि राम्रोसंग सफाइ गरेनौं भने हाम्रो मुखमा हुने विभिन्न माइक्रो–अर्गानिजमसहरूले मुखमा अड्किएकाे खानेकुराकाे माध्यमबाट ब्याक्टेरियाकाे संख्या बढाउने काम गर्छ । जसकाे कारण माइक्रो–अर्गानिजमसले एसिड रिलिज गर्न थाल्छ र त्यसपछि दाँतमा विभिन्न खाले समस्याहरू आउन सुरु हुन्छ । हामीले सामान्य भाषामा क्याभिटिलाई दाँतमा किरा लागेको भन्ने गरेका छौँ । हिजोआज बालबालिकाहरूलाई विशेष गरेर क्याभिटिले सताउने गरेको पाइन्छ । यसको मुख्य कारण भनेको बालबच्चाहरूले धेरै जस्तो गुलियो खानेकुरा खाने र राम्रोसंग सफाई नगर्ने बानी ।
दाँतमा हुने थुप्रै समस्याहरू जस्तैः दाँत पहेँलो हुने, गिजाबाट रगत आउने, पाइरिया, पेरियोडाइटिस्, जिनिंवाइटिस, गिजा सुन्निने भनेजस्तै दाँतको एक समस्या हो क्याभिटि ।
क्याभिटि एउटा दाँतबाट अर्को दाँतमा सर्छ कि सर्दैन ?
क्याभिटि कहिल्यै पनि एउटा दाँतबाट अर्को दाँतमा सर्ने भन्ने हुँदैन । बरू यसलाई यसरी बुझ्न सकिन्छ कि, दाँतको सफाई नगर्नाले नै क्याभिटि हुने हो । सफाइको अभाव बढ्दै जाँदा विस्तारै एउटा दाँत गर्दै अन्य दाँतमा पनि क्याभिटि बढ्दै जाने हो । एउटा क्याभिटि भएको दाँत बिग्रिएपछि गिजा सुन्निदा र दाँत टुक्रिँदा भने अर्को दाँतमा केही प्रभाव भने पर्न सक्छ । तर एउटा दाँतबाट अर्को दाँतमा सर्ने भन्ने चाँहि गलत हो ।
कोरोना महामारी र निषेधाज्ञामा घरमा बसेर हामी विभिन्न परिकारहरू बनाएर खाइ रहेका हुन्छौ । घरका खानाहरूबाट पनि क्याभिटि हुन्छ कि हुँदैन ?
दाँतलाई स्वस्थ राख्नका लागि मुख्य कुरा भनेको मुखको सरसफाइ नै हो । अब कुरा आयो खानेकुरा र क्याभिटिको । कस्तो खानेकुरा कसरी कुन मात्रामा खाने गरेको छ भन्ने कुराले क्याभिटिसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । गुलियो, मसलेदार, अमिलो, ज्यादा नरम वा ज्यादा कडा खालका खानेकुराह नियमित खाइएको छ र सफाइमा ध्यान दिइएको छैन भने यस्तो बानीले पनि क्याभिटि गराउने उच्च सम्भावना रहन्छ ।
बालबालिकामा क्याभिटिका कारण दुखाइ हुँदा घरमा नै गर्न सकिने आकस्मिक उपचार केके छन् ?
बालबालिकामा क्याभिटिको कारण दुखाइ भएको छ भने तूरून्त ब्रस गर्न लगाउनु पर्छ । यस समस्याको प्रभावकारी आकस्मिक घरेलु उपचार भने छैन । अहिलको अवस्थामा अचानक समस्या आउदा अस्पताल गइ हाल्ने वातावण पनि छैन र गएपनि कोरोना संक्रमणको त्रास उत्तिकै छ । त्यसैले घरका सदस्यमा यदि क्याभिटि छ भने फार्मेसीबाट दखाइ कम गर्ने र क्याभिटिको लागि भनेर पाउने विभिन्न अाैषधिहरू घरमा राख्नु पर्छ । तर प्रभावकारी उपाय भनेको दाँतको सरसफाई नै हो । त्यसैले अहिलेको अवस्थामा क्याभटि भएकाले एकदम नै ख्याल गर्नुपर्छ ।
तातो खानेकुरा खानेबित्तिकै चिसो खान वा चिसो पानी पिउन हुदैन । मन्जन पनि कडा खालको प्रयोग गर्न हुदैन । मुखलाई स्वस्थ राख्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ अनि खानेकुरा खाइसक्ने बित्तिकै अनिवार्य मुख कुल्ला गर्नुपर्छ ।
क्याभिटि भएका बालबालिकाको दाँत फ्ट्ने र चोइटिने गर्दछ । यसको समाधान के हुन सक्छ ?
क्याभिटिको कारण दाँतमा आवश्यक पर्ने इनाकेलमा ह्रास आउछ जसका कारण दाँत कमजोर हुदै जान्छ र टुक्रिने र चोइटिने गर्दछ । यसको समाधान भन्दा दाँतलाइ चोइटिन र टुक्रिनबाट बचाउन क्याभिटि भएकाहरूले सकेसम्म नरम खानेकुराहरू बढि मात्रामा खाने गर्नु पर्छ ।तातो खानेकुरा खानेबित्तिकै चिसो खान वा चिसो पानी पिउन हुदैन । मन्जन पनि कडा खालको प्रयोग गर्न हुदैन । मुखलाई स्वस्थ राख्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ अनि खानेकुरा खाइसक्ने बित्तिकै अनिवार्य मुख कुल्ला गर्नुपर्छ ।
क्याभिटि भएका बालबालिकाहरूले कस्तो खानपानमा गर्ने र केके कुरामा ध्यान दिनुपर्छ ?
क्याभिटि भएका बालबालिकाले गुलियो, तातो, चिसो, कडा खालका खानेकुराहरू खानु हुँदैन । खाना पनि तातो–तातो खानु हुदैन । मनतातो खानेकुराहरू खाने गर्नुपर्छ । स्पाइसी खानेकुुरा र जंग फुड पूर्ण रूपमा खान बन्द गर्नुपर्छ । पानी धेरे मात्रामा पिउने गर्नु पर्छ । हरेक दिन विहान बेलुका ब्रस गर्नुपर्छ । जुनसुकै खानेकुरा खाइसकेपछि पनि अनिवार्य मुख कुल्ला गर्ने र सफा गर्ने गर्नुपर्छ । दाँतमा समस्या छैन भने पनि हरेक ६-६ महिनामा दाँतको नियमित जाँच गराउनुपर्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस