• जीवनशैली | Jiwanshaili
  • दया फाउन्डेसनद्वारा चिकित्सा उपकरणहरू सहयोग


    दया फाउन्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरूलाई चिकित्सा उपकरणहरू सहयोग प्रदान गरेको छ ।   कोरोना महामारीको सङ्क्रमणको उपचारमा राहत पुर्‍याउने उद्देश्यले उपत्यकाका ९ अस्पताल तथा आइसोलेसन सेन्टरमा विभिन्न चिकित्सा सामाग्रीहरू सहयोग गरेको हो ।  टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्र पाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पिपिई, फेससिल्ड, स्यानिटाइजर, मास्क, पन्जा) प्रदान गरेको बताएको छ ।

    कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा थोरै नै भए पनि सहयोग गर्न पाएकोमा फाउन्डेसनले  खुसी व्यक्त गरेको छ । फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले  निजी क्षेत्रले पनि यस विषम परिस्थितिमा  अग्रसर हुनु पर्ने कुरा पनि बताए ।

    फाउन्डेसनले कोरोना महामारीको उपचारमा सहयोग पुर्‍याउन  विविध स्वास्थ्य उपकरणहरू उपलब्ध गराउनुका साथै  सङ्क्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरूका लागी आयोजना गरिने  बताएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस