• जीवनशैली | Jiwanshaili
  • हाडजोर्नीका लागि मात्र फिजियो-थेरापी गरिन्छ भन्नु भ्रम


    व्यायमको माध्यमबाट गरिने उपचार विधि नै फिजियो–थेरापी हो । व्यायम गर्नाले मानिसमा सकारात्मक सोच बढ्नुका साथै शारिरिक रूपमा पनि फूर्तिलो रहन्छ । सामान्यतः दैनिक कामकाज गर्न गाह्रो भएमा, शरिरका विभिन्न भाग दुखेमा, पक्षघात भएर समस्या आएमा, दुर्घटनाका कारण हाडजोर्नी तथा नसामा समस्या भएमा, गर्भवती अवस्थामा र बालबालिकाको पूर्ण शारिरिक विकासका लागि फिजियो थेरापी लाभदायी मानिन्छ ।

    फिजियो थेरापीको विषयमा जीवनशैलीकी रीता श्रेष्ठले अर्थोप्लास्ट रिह्याव सेन्टरका मेडिकल निर्देशक तथा मछिन्द्र फुटबल क्लबका फिजियोथेरापिस्ट डा. सुरज भुषालसँग गरेको कुराकानी :

    फिजियो थेरापी के हो र यसको महत्त्व कस्तो छ ?

    फिजियो थेरापी भनेको एउटा उपचार विधि हो जसले विना औषधि विभिन्न विद्युत्तिय उपकरणहरू र एक्सरसाइजबाट उपचार गरिन्छ । यसले विभिन्न रोगहरू निको पार्न सकिन्छ र प्रत्यक्ष रूपमा हाम्रो जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने गर्दछ ।

    फिजियो थेरापीको पनि थुप्रै विधाहरू छन् । हाडजोर्नी तथा नसाको विधा र खेलकुद पुनस्थापनाका लागि छुट्टै विधा छ जसलाइ स्पोर्टस फिजियो थेरापी भनिन्छ । त्यसैगरी न्युरोलाजिकल फिजियो थेरापी, पेडियाट्रिक फिजियो थेरापी (बालबालिकाको लागि), गाइनोकोलोजी फिजियो थेरापी (महिला तथा गर्भवतीका लागि) आदि हुन् ।

    बालबालिका, युवायुवती, गर्भवती तथा वृद्धवृद्धा सबैमा हुन सक्ने हाडजोर्नीको समस्या तथा नसासंग सम्बन्धित समस्याबाट मुक्ति पाउनका नै उत्तम विकल्प बनेको छ ।

    नेपालको सन्दर्भमा फिजियो थेरापी विधाले विगत केहि वर्ष यता निकै उचाइ लिन सफल भएको छ । सरकारी, गैरसरकारी तथा निजी अस्पतालका सबै स्वास्थ्य सेवाका क्षेत्रमा फिजियो थेरापीको सेवा सुरु भइसकेको छ । दश वर्षको अन्तरालमा फिजियो थेरापीको विभिन्न विधाहरू लेकप्रिय बन्न सफल भएको छ । बालबालिका, युवायुवती, गर्भवती तथा वृद्धवृद्धा सबैमा हुन सक्ने हाडजोर्नीको समस्या तथा नसासंग सम्बन्धित समस्याबाट मुक्ति पाउनका लागि उत्तम विकल्प बनेको छ ।

    फिजियो थेरापी सेवा कसले लिने र कसले नलिने भन्ने आधार के रहेको छ ?

    यो रोगसँग लडिरहेकाहरूका लागि आवश्यक छ र निरोगीहरूका लागि पनि । रोग लागेर उपचार गर्दै गरेकाहरूले फिजियो थेरापीको सम्बन्धित सेवा लिन सक्छन् भने कुनै पनि रोग नलागेकाहरूले पनि इच्छा र आवश्यकता अनुसारको फिजियो थेरापी सेवा लिएर आफ्नाे जीवनशैलीलाइ स्वस्थ बनाउन सक्छन् । रोगीहरू मात्र रोग निको पार्न फिजियो थेरापीस्टकोमा जाने होइन कि रोग लाग्नै नदिनका लागि पनि फिजियो थेरापीको भूमिका एकदमै महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न जरूरी छ ।

    कुनै रोग नै नहुदा पनि हामीलाई कुनै न कुनै समस्याले सताउने गरेको छ र यसको मुख्य कारण भनेको हाम्रो जीवनशैली नै हो । हाम्रो बस्ने तरिका, अफिसमा काम गर्ने तरिका, मोबाइल चलाउने तरिका, हामीले सुत्ने म्याट्रेस र सिरानी र हाम्रो दैनिक जीवनको आनीबानीका कारण हामीलाई गर्धन दुख्ने, नसा च्यापिने जस्ता समस्याहरू आउन सक्छन् । यस्ता समस्या बढ्दै गयो भने दैनिक जीवन नै अस्तव्यस्त हुन पुग्छ । बालबालिकाहरूमा बढि मोबाइल चलाउने बानीका कारण विभिन्न समस्या बढेको पाइएको छ । यस्तो समस्याबाट बच्नका लागि पनि सबैलाई फिजियो थेरापीको आवश्यकता पर्छ ।

    विशेषत कस्ता बिरामीहरू तपाईंकोमा फिजियो थेरापीका लागि बढी आउने गरेको छन् ?

    हाडजोर्नी र नसासंग सम्बन्धित समस्याहरू मात्र लिएर आउने गरेको पाएको छु । म निरोगी छु अब मेरो जीवनशैली नबिग्रियोस् वा म सधै स्वस्थ रहन चहान्छु भनेर आउनेको संख्या त शून्य नै छ । धेरैजस्तो दुर्घटनाका केसहरू र ब्रेन स्ट्रोकको समस्या भएका व्यक्तिहरू आउनु भएको पाएको छु । खाली हाडजोर्नी र नसाका लागि मात्र फिजियो थेरापी होइन भन्ने कुरा हामी सबैले बुझ्न एकदमै जरूरी छ ।

    बच्चा आमाको गर्भमा रहँदादेखि  वृद्ध अवस्थासम्म फिजियो थेरापीको आवश्यकता पर्छ । बच्चाहरूको शारिरक विकासका लागि फिजियो थेरापीको महत्वपुर्ण भुमिका रहन्छ । त्यस्तै गर्भवती महिलाको लागि प्रसव प्रक्रियामा सहजता ल्याउनका लागि फिजियो थेरापी अति नै आवश्यक हन्छ । त्यस्तै अहिलेको जिवनशैली र अफिसमा काम गर्दा धेरै समय एउटै कुर्सीमा बस्ने बानीका कारण पुरूषहरूमा पनि विभिन्न खालको समस्याहरू आउने गरेको छ र ती समस्याहरूलाइ निर्मुल पार्नका लागि पुरूषहरूलाइ पनि फिजियो थेरापी अति नै आवश्यक छ । वृद्धवृद्धाहरूलाई दैनिक जिवन सहज बनाउनको लागि पनि फिजियो थेरापी आवश्यक हुन्छ ।

    के फिजियो थेरापीेले सबै रोग निको पार्न सक्छ ?

    सबै रोगलाई फिजियो थेरापीले निको गर्न सक्दैन तर नसर्ने रोगको लागि अति नै प्रभावकारी विकल्प हो । विशेष गरी हाडजोर्नी र नसासंग सम्बन्धित रोग, पक्षघात, मस्तिष्क घात आदिमा शत प्रतिशत आवश्यक हुन्छ । तर विभिन्न नसर्ने रोग अथवा भनौँ दिर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप, माइग्रेन, जस्ता रोगहरू लाग्न नदिनका लागि सबैलाई फिजियो थेरापी सेवा लिनु आवश्यक हुन्छ ।

    अक्युपञ्चर थेरापी, मसाज थेरापी, नेचुरल थेरापी जस्ता विभिन्न थेरापीहरू हन्छन् जुन फरक फरक विधा हो  र यस बाट फिजियो थेरापी विल्कुलै फरक विधा हो ।

    बजारमा सेराजिम थेरापीको चर्चा चलेको छ । यो के हो ?

    हामीले हिजोआज बजारमा विभिन्न खालका फिजियो थेरापीका सेवाहरू लिन सक्छौँ । सेराजिम थेरापी भनेको एउटा कोरियन विद्युत्तिय थेरापी हो । सबैलाइ मैले के जानकारी गराउन चहान्छु भने सेराजिम थेरापी भनेको फिजियो थरापी होइन ।

    अक्युपञ्चर थेरापी, मसाज थेरापी, नेचुरल थेरापी जस्ता विभिन्न थेरापीहरू हन्छन् जुन फरक फरक विधा हो  र यस बाट फिजियो थेरापी विल्कुलै फरक विधा हो । अन्य थेरापीहरूसंग फिजियो थेरापीको सम्बन्ध केहि हुदैन र उपचार विधी पनि फरक फरक हुन्छ ।

    तपाईं खेलकुद फिजियोथेरापी विशेषज्ञको नाताले खेलाडीहरूमा फिजियो थेरापीको महत्त्व के छ ?

    अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो देशको नाम चिनाउने खेलाडीहरूमा कुनै पनि समस्या नै नआओस भन्ने मेरो कामना छ तर खेलकुदको समयमा चोटपटक तथा केहि समस्या हुन सक्छ । खेलाडीहरूमा समस्या आउन नदिन प्री स्पोर्टस् इनजुरी रिह्याभमा फिजियो थेरापी सेवा लिन जरूरी हुन्छ । अहिले नेपालमा पहिलो र एक मात्र प्री स्पोर्टस् इनजुरी रिह्याभकाे रूपमा हामीले अर्थोप्लास्ट रिह्याव सेन्टरमा एउटा छुट्टै युनिट नै खोलेका छाैँ । यस प्री स्पोर्टस् इनजुरी रिह्याभमा सबै खेलाडीले इन्जुरीबाट बच्ने र इनजुरी पश्चात के के गर्ने कसरी रिकभर हुने भन्ने बारेमा ज्ञान साथसाथै प्रभावकारी सेवा लिन सक्छन् ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार