भोकालाई खाना खुवाउने जोडी
काठमाडौँ / कोभिड शुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।
यस्तै समस्यामा परेकाहरुलाई आफैँले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय(सुशील) र लक्ष्मी अधिकारीले गर्नुभएको छ । काठमाडौंँबाट सात किमीमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र अचार तयार गरेर उनिहरु अप्ठेरामा परेकाहरुलाई खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी र सुकेधारासम्म पुग्ने गरेका छन् ।
मासिक रु सयमा अध्यापन हुने समता स्कूलका प्रधानाध्यापकसमेत रहेका छन्,। उनको यो जोडीले खाना खुवाउने कामसँगै उपचार नपाएर अप्ठेरामा परेका आफ्ना धेरै विद्यार्थी र अन्यलाई पनि उपचारमा सहयोग गरिदिएको छ र थुप्रै विद्यार्थीलाई अघिल्लो लकडाउनदेखि नै राहत सामग्री पनि उपलब्ध गराउँदै आएको छ । यस्तो अप्ठेरो समयका बेलामा आफूले घरमा बसेर विभिन्न परिकार बनाएर खानेभन्दा पनि खान नपाएर अप्ठेरामा परेकाहरुलाई सहयोग गर्न र उनिहरुको एक छाक मात्रै टार्न सके ठूलो धर्म हुने उनको भनाइ छ ।
अजयले भने, किताबमा लेखेका कुरालाई अर्थ खुलाएर व्याख्या गर्न र घोक्न त सिकाइरहेकै हो तर दुःखमा परेका अरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाउन पाउनु हाम्रो भाग्य हो ।
हामीले दिएको खाना सबैले लिन्छन् तर कसैले पाइसकेर पनि लिन्छन्, कसैले त फलिदिन्छन्, त्यसो गर्दा अर्को एउटा नपाउनेको भाग खोसिन्छ अनि साह्रै दुःख लाग्छ । जति सक्यो घुमेर अहिले चाहिँ आवश्यकता भएकालाई नै हामी खान दिने गर्छौँ । धेरैजसोले खान पाउनेबित्तिकै खोलेर अगाडि नै खान्छन्, त्यो देखेर एकदम खुशी लाग्छ, लक्ष्मीले भनिन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस