राहत सामाग्री हस्तान्तरण
सिन्धुली / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ । स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज हस्तान्तरण गरिएको हो ।
सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले १५१ थान राहत प्याकेज रेडक्रसका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । अभियानले जिल्लाका नागरिकका लागि जिल्लावासीबाटै सहयोग जुटाउने उद्देश्यले समाजसेवी उज्वलविक्रम थापा, अस्पताल विकास समितिका अध्यक्ष पोखरेललगायतको समूहले यो अभियानको थालनी गरेका हुन् ।
रेडक्रसलाई बुझाइएको राहत प्याकेजमा १० किलो चामल, दुई किलो दाल, नुन एक किलो, तेल एक लिटर र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्य इन्द्र भुजेलले जानकारी दिए।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस