काठेपुलसँगै बगायो पानीघट्ट
जाजरकोट / लगातार परेको अविरल वर्षाका कारण बुधबार बेलुकी डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा काठेपुल र पानीघट्ट बगाएको छ ।
कोठेपुल बगेसँगै स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । घट्ट बग्दा करिब ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । त्यस्तै स्थानीय घट्टेखोला जलविद्युत् आयोजनाको विद्युत् सञ्चालन गर्नका लागि जाने बाटो नै अवरुद्ध भएपछि दुई घण्टा लामो बाटो प्रयोग गर्नुपरेको कार्कीले बताए ।
त्यस्तै दुरगाउँकै हिमालय आधारभूत विद्यालयको भवन पहिराले भत्काएको छ । विद्यालय भत्काएसँगै नयाँ कसरी बनाउने चिन्ता थपिएको छ । वडा नं ६ कै यार्सागुम्बा सङ्कलन गर्ने रुपपाटनमा लगिएका २० गाई, गोरु मरेका छन् । निरन्तर पानी पर्दा चिसोका कारण गाई गोरु मरेका हुन् । त्यस्तै जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको बहाव बढेका कारण अस्थायीरूपमा हालिएको काठेपुलमा क्षति भई समस्या भएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस