• जीवनशैली | Jiwanshaili
  • योगले शरीरमात्र होइन मनसमेत स्वस्थ्य बनाउँछ


    आज जुन ६- ‘विश्व योग दिवस’ । केही वर्ष यता मानिसहरूमा योगबारे चासो बढेको देखिन्छ । स्वस्थ र फिट रहनका लागि योग तथा व्यायाम नै उत्तम विकल्प हो भन्नेबारे मानिस सचेत छन् । विद्यालयहरूमा समेत आजकल योगबारे पढाइने अभ्यास गराउने चलन सुरु भइसकेको छ ।

    स्वस्थ जीवनशैलीका लागि बालकदेखि वृद्धसम्मले योग गर्न सक्छन् । महर्षि पतञ्जलीका सिद्धान्तअनुसार चित्तको वृत्तिलाई निरोध गर्नु नै योग हो । योगको ८४ आसन भगवान शिवबाट सांसारिक जीवलाई प्राप्त भएको विश्वास रहेको छ ।

    यसै सन्दर्भमा जीवनशैलीकी रिता श्रेष्ठले डा. सुवास घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश :

    आज विश्व योग दिवस, के कस्ता कार्यक्रमहरू छन् ?

    आज काठमाडौंस्थित भारतीय दुतावासले भर्चुअल माध्यमबाट कार्यक्रम गरेको छ ।  दुतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा आज योगका विभिन्न आसनहरू देखाइयो । योग गुरु लोकनाथ खनालले विविध योगासनहरू प्रस्तुत गरे । दुतावासले भर्चुअल रूपमा निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगिताको समेत आयोजना गरेको थियो । जनचेतना अभिवृद्धिको काम गरेको थियो ।

    हामी खुसी र सकारात्मक भयौ भने त्यसले हामीलाई आन्तरिक रूपमा नै बलियो बनाउछ र हाम्रो रोग संग लड्न सक्ने क्षमताको वृद्धि गर्छ । जुन हालको अवस्थामा हामी सबैलाइ नै अति नै आवश्यक छ ।

    योग के हो र यसको महत्त्व के छ ? 

    योग भनेको विविध आसन, ध्यान, साधना र अभ्यासका माध्यमबाट तन र मनलाई जोड्ने प्रक्रिया हो । विभिन्न ऋषिमुनिहरूले विविध तरिकाले योगको परिभाषा दिएका छन् । योग कुनै पनि मानिसको लागि आनन्दको मार्ग हो । जीवनशैलीलाई उत्तम बनाउने र कार्यकुशलता वृद्धिका लागि योग आवश्यक हुन्छ ।

    आजको व्यस्त जीवनमा तनावग्रस्त भइरहेको अवस्थामा मनको शान्ति र एकाग्रता बढाउनका लागि आवश्यक पर्ने अभ्यास नै योग हो । हामीले कुनै पनि काममा सफलता प्राप्त गर्नका लागि त्यसमा  एकाग्र भएर काम गर्नुपर्छ । यसको मतलब सफल हुन हामीले ध्यान दिएर काम गर्ने भन्छौँ, सोहि अनुरूप मनको शान्ति र आनन्दका लागि पनि योग ध्यान दिनुपर्छ । योगको महत्त्व हाम्रो जीवनमा अति नै छ । योग गर्नाले हामी निरोगी हुन सक्छौं । योगले सकारात्मक सोचको विकास गर्छ, शारिरिक रूपमा स्वस्थ बनाउँछ साथै जीवनशैलीका नियमहरू पालना गर्न मद्दत गर्छ । मनमा शान्ति र आनन्दको भाव वृद्धि गर्छ । सजगता बढाउँछ र हामीलाई जीवन जिउने कला सिकाउँछ । यसकारण योगको निकै महत्त्व रहेको छ ।

    योग गर्नाले हाम्रो शरिरका अधिकांश अंगहरू सक्रिय हने र राम्रो ढंगबाट कार्य गर्ने गर्दछ । त्यस्तै योगले रोग संग लड्न सक्ने क्षमताको पनि विकास गर्न मद्दत गर्दछ ।

    योग र ‘रोग प्रतिरोधात्मक क्षमता’बीच सम्बन्ध कस्तो छ ?

    योग र रोग प्रतिरोधात्मक क्षमताको एकदमै बलियो सम्बन्ध छ । योग गर्नाले हाम्रो शरिरका अधिकांश अंगहरू सक्रिय हने र राम्रो ढंगबाट कार्य गर्ने गर्दछ । त्यस्तै योगले रोग संग लड्न सक्ने क्षमताको पनि विकास गर्न मद्दत गर्दछ । योगका अभ्यासहरूले हामीलाई खुसी रहन सक्छौँ, शारिरिक रूपमा स्वस्थ बनाउछ, पुर्ण रूपमा स्वस्पथ जीवनशैलीको नियम पालना गराउँछ जसको सम्बन्ध प्रत्यक्ष रूपमा हाम्रो रोगसंग लड्न सक्ने क्षमता हन्छ । हामी खुसी र सकारात्मक भयौ भने त्यसले हामीलाई आन्तरिक रूपमा नै बलियो बनाउछ र हाम्रो रोग संग लड्न सक्ने क्षमताको वृद्धि गर्छ । जुन हालको अवस्थामा हामी सबैलाइ नै अति नै आवश्यक छ ।

    कोरोनाको माहमारीको यस्तो अवस्थामा हाम्रो जीवनशैलीमा योगको भूमिका कस्तो रहन सक्छ ?

    अहिलेको अवस्थामा हामीले हेर्ने हो भने सकारात्मक सोच र स्वस्थ जीवनशैलीलाई अपनाउनै पर्छ । कोरोनाको यस्तो महामारीको अवस्थामा हामीले हाम्रो अस्तव्यस्त जीवनशैलीलाइ परिवर्तन गरी स्वस्थ जीवनयापन गर्न योगको निकै नै महत्त्वपूर्ण भुमिका रहन्छ । योग ध्यानमा लाग्नाले मनको शान्ति र आनन्द प्राप्ति त हुन्छ नै साथमा धैर्य गर्ने बानी र सहनशीलताको वृद्धि हुन्छ । योगका कारण केहि शारिरिक समस्याहरू भए त्यसबाट मुक्ति पाउन मद्दत पुग्छ । मानसिक रूपमा पनि स्वस्थ रहनका लागि योगले एकदम महत्त्वपूर्ण भुमिका रहेको हुन्छ ।  कोरोना महामारीका कारण तनाव भएको छ र दैनिक जीवनमा प्रभाव परेको छ भने योग अभ्यास र ध्यान गर्नाले  तनाव कम गर्ने काम गर्छ । त्यसैले हरेक दिन बिहान कम्तिमा पनि दुई घण्टा योग अभ्यास र ध्यान गर्नाले दीर्घकालीन रुपमा स्वस्थ जीवन प्राप्त हुन्छ ।

     


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार