प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गर्नुभएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर उहाँले सो कुरा बताउनुभएको हो । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ ।
उहाँले विश्व जनसंख्या दिवसका अवसरमा दिनुभएको सम्बोधनका क्रममा सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले भन्नुभयो– हामीले विश्व जनसंख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि हामीले सबैतिर आवाज उठाउनुपर्छ ।
अहिले विश्वमा कोरोना भाइरसको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेशा र रोजगारी गुमाएका महिलाहरुदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरु पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि आग्रह गर्नुभयो ।
यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले विश्व जनसंख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
अहिलेसम्मको तथ्यांकलाई हेर्दा विश्वमा कोभिड १९को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरिबीतर्फ धकेलिएका छन् । उनीहरुले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगारी गुमाउनुपरेका कारण यस्तो समस्यामा परेका बताउनुभयो ।
त्यसैगरी विश्वका विभिन्न देशहरुमा जारी रहेको लकडाउनका कारण विश्वका ठूलो संख्याका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएका र उनीहरु अब लकडाउन खुलेपनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसंघीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ ।
–––
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस