हतियारसहित दुई युवक पक्राउ
हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि गत आइतबार कटुवा पेस्तोलसहित सिरहाको गोलबजारबाट औरही गाउँपालिका–२ निवासी सुजितकुमार यादवलाई पक्राउ गरिएको थियो । यादवको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस