बेसारको प्रयोग र यसले हाम्रो स्वास्थ्यमा गर्ने फाइदा
अहिले विश्वमा कोरोना भाइरसको महामारी फैलिएको छ ।
सन २०१९ डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको यो भाइरसबाट विश्वमा १ करोड ४१ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । भने ५ लाख ९९ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । विश्वका विभिन्न शक्तिशाली देशहरु यो भाइरस विरुद्धको खोप उत्पादनका गर्न लागिपरेका छन् । तर अहिलेसम्म खोप तयार हुन सकेको छैन ।
नेपालमा पनि यो रोग ७७ ओटै जिल्लामा फैलिसकेकोे छ । हालसम्म नेपालमा १७ हजार बढि संक्रमित भएका छन् भने ४० जनाको मृत्यु भएको छ । नेपालमा यसरी कोरोनाको संक्रमण फैलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि संसदमा बेसारको प्रयोगले कोरोनासँग लड्न सक्ने क्षमताको विकास हुन्छ भन्ने दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भयो ।
कोरोना नियन्त्रणका सम्बन्धमा बेसार कति फलदायी छ त्यो त अहिल्यै भनिहान्न सकिँदैन । त्यसकोलागि त अध्ययन र अनुसन्धान हुनै पर्ने होला । प्रधानमन्त्रीले के आधारमा बोल्नु भयो त्यो पनि प्रस्ट त छैन । तर बेसार हाम्रो स्वास्थ्यका लागि भने साँच्चिकै निकै नै लाभदायी छ ।
के हो बेसार ?
बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । नेपालमा सदियौंदेखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ । विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ । बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ ।
पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ‘ए’ १७५ क्यालोरी प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बी’, ‘बी(२)’, ‘सी’ र जम्मा खाद्य ऊर्जा (क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन् । भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ । मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामग्री हो ।
बेसारले हाम्रो भोजनलाई आकर्षक बनाउँछ नै यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ । बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् ।
बेसारको धुलो(मसला)
सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमीनमुनि हुन्छ । नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ । आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम श्रोतको रूपमा लिने गरेको पाइन्छ । चिनियाँ चिकित्सा पद्धतिमा पनि बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ, बेसारमा रहेको सक्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधीको रूप दिएको हो । विशेष गरी यो बेसार (पिंडालु, भण्टा, मूला आदि अन्य तरकारी बालीहरूसँग मिश्रित वा अन्तर खेती गर्ने चलन छ ।
आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन ्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन् । अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पु¥याउने क्षतिसमेत कम हुन्छ भनि अनुसन्धानले पुष्टि गरेको जनाएका छन् ।
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधीको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ ।
बेसारलाई हलेदो पनि भनिन्छ । बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो । यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ । हलेदोलाई नेपालको पश्चीमेली भाषामा हल्दी, हल्दोे अथवा बेसार भनिन्छ । हलेदोको रंग पहेंलो हुन्छ । त्यसैले हलेदोले परिकारको रंग पनि पहेंलो बनाउछ । हलेदोको विरुवा अलैंचीको विरुवा जत्रै हुन्छ । हलेदोको पात पनि ठुलो अलैंचीको पात जस्तै हुन्छ । हलेदोको जरा अदुवाको जरा जस्तै हुन्छ । हलेदो एक प्रकारको नगदे बाली पनि हो । यसको जरा आयुर्वेदिक ओखती बनाउनमा पनि प्रयोग गरिन्छ । नेपालको अधिकांश भुभागमा हलेदोको खेती गरेको पाइन्छ ।
स्वास्थ्य सम्बन्धी कस्ता समस्यामा बेसारको प्रयोग गर्ने त ?
धेरै पिसाब लागेमा
धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान्बेलुका १ ÷१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १÷२ हप्तामै ठिक हुन्छ ।
आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १÷२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखामा कहिल्यै खराबी हुँदैन ।
सुख्खा खोकीमा
१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहानरवेलुका खाने गरेमा २ वा ३ दिनमा नै सुख्खा खोकी निको हुन्छ ।
घाउ, खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा, कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
वायु गोलागानो गएमा
१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
शरीर सुनिएमा मर्केमा
सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ । घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ । ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २्४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
गलगाँड भएमा
बिहान बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।
पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहानबेलुका खानाले ठिक हुन्छ ।
कफ जमेर दम हुनेमा
आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।
रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
मूख, घाँटीमा घाउ आएमा
२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल्कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।
टंसिल भएमा
टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
हात्ती पाइले रोगमा
गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।
वाथ भएमा
नित्य बिहान र बेलुका एक एक चम्चा घ्यू कुमारीको गुदीमा बेसार मिसाएर खाने गरेमा वाथरोगमा फाइदा हुन्छ ।
अनुहार सुख्खा भएमा
मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान र बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस