वैरागी काइँला ८२ वर्षमा
कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ) ८२ वर्ष प्रवेश गरेका छन् । वि.सं १९९६ साउन २५ गते पाँचथर जिल्लाको पौवा सारताप गाउँमा जन्मेका काइँला कवि एवं मुन्धुमविद्का रुपमा प्रसिद्ध छन् ।
गत असार १० गते घरमै बसिरहेका बेला स्ट्रोक भएर गम्भीर बिरामी भएका काइँला ओम अस्पतालमा दुई साताको उपचारपछि घर फर्किएका थिए । अहिले काइँलाको स्वास्थ्य सुधार हुँदै गएको छोरी नामओति नेम्वाङले बताएकी छिन् । नामओतिले भनिन्, ‘विस्तारै उठ्न-बस्न सक्ने हुनभएको छ तर, पहिलाजस्तो प्रष्ट बोल्न अलि गाह्रो हुन्छ । डाक्टरको सल्लाहमा अहिले पनि नियमित चेकजाँच गरिरहेका छौं ।’
पत्नी र एक छोरीसहित काइँला काठमाडौं सुकेधारा बस्दै आएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस