अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै
अछाम, २९ फागुन २
अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै गएको छ ।
पछिल्लो समय कोरोना परीक्षण गर्ने दर घटे सँगै कोरोना सङ्क्रमण पुष्टि हुने दरमा पनि कमी आउन थालेको पाइएको हो ।
अझै यो जोखिमलाई शून्यमा झार्न जनताले स्वास्थ्य मापदण्डको पालन गर्नु पर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । कोरोना सङ्क्रमणको जोखिम घट्दै गए सँगै कोरोना प्रयोगशालामा कोरोना जाँच गर्ने दर पनि उत्तिकै घटेको छ । यस्तै जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा आइतबार २ जनाको नमुना परीक्षण गरिएकोमा २ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा अहिले सम्म ३ सय ४ जनाको फलो अफ परीक्षण गरिएकोमा २ सय ८४ जनाको रिपोट नेगेटिभ आएको छ भने १ सय जनाको रिपोट पोजेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो । कमलबजार सिपिआर प्रयोगशालामा अहिले सम्म ८ हजार १ सय ५ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै ४ हजार ९ सय २४ जनाको रिपोट भने नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी विष्टले जानकारी दिनु भएको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस