विक्की र कटरिनाले गरे विवाह दर्ता
काठमाडौं, १० चैत
बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए ।
तर, कानूनी रुपमा भने दुवैको विवाह गत सातामात्र सूचीकृत भएको छ । दुवैले गत १९ मार्चमा आफ्नो परिवारका साथ अदालतमा उपस्थित भएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।
विक्की र कटरिनाको विवाहअघि दुवैले विक्कीको घरमा एक निजी समारोहमा आफ्नो विवाह दर्ता गराएको खबर बाहिर आएको थियो । त्यो बेला कटरिना विक्कीको घर गइरहेको अवस्थामा भेटिएकी थिइन् ।
कटरिना विक्कीको घरमा जाँदै गरेको भेटिएपछि दुवैले विवाह दर्ता गराएको अनुमान गरिएको थियो । दुवैले स्पेसल मेरिज एक्ट १९५४ अनुसार विवाह दर्ता गर्नुपर्ने थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस