३३ किलो चरेशसहित ४ जना पक्राउ
प्रहरीले ३३ किलो चरेशसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् ।काठमाडौंको नागार्जुन र चन्द्रागिरीबाट आरोपीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेश बरामद गरिएको छ ।चन्द्रागिरी स्थित देउराली भञ्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ । स्यानी चेपाङ र पम्पे चेपाङले सो लागुऔषध धादिङबाट काठमाडौंसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार पर्छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस