३३ किलो चरेशसहित ४ जना पक्राउ

प्रहरीले ३३ किलो चरेशसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् ।काठमाडौंको नागार्जुन र चन्द्रागिरीबाट आरोपीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेश बरामद गरिएको छ ।चन्द्रागिरी स्थित देउराली भञ्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ । स्यानी चेपाङ र पम्पे चेपाङले सो लागुऔषध धादिङबाट काठमाडौंसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार पर्छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस