बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, १५ चैत
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा मंगलबार टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ७० वर्षीय विरबली भण्डारी रहेका छन् । घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले भण्डारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्कर दिने टिपरसहित चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस