• जीवनशैली | Jiwanshaili
  • काठमाडाैंमा वर्षा


    काठमाडाैं, १६ चैत

    काठमाडाैंकाे आकाश तुवाँलाेले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ ।

    तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।

    दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस