टिपरको ठक्करबाट काठमाडौंमा स्कुल जान लागेका दुई बालिकाको मृत्यु
काठमाडौंको सुन्दरीजलामा टिपरको ठक्करबाट स्कुल जान लागेका दुई बालिकाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को मेलम्ची चोकमा बुधबार बिहान टिपरको ठक्करबाट आफ्ना बाबुको साथमा स्कुल जाँदै गरेका दुई दिदी बहिनीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट दिदी ८ वर्षीया सृष्टि घिसिङ र ४ वर्षीया श्रेया घिसिङ को मृत्यु भएको हो । उनीहरुका बुवा रोहन घिसिङले दुबै छोरीहरुलाई बिद्यालय पुर्याउन मोटरसाइकलमा लिएर गएका थिए । रोहन भने घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले रोहनको बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ । । टिपर चालक भने फरार रहेका छन् । दोषीलाई कारवाहीको माग गर्दे स्थानीयले घटना स्थलमा प्रदर्शन गरेका छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस