• जीवनशैली | Jiwanshaili
  • पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु


    पर्सा, १८ चैत

    पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार ना ३ प १०२६ र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए ।

    दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोवीनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षिय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षिय हसिन्द्र सहनीको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका दुई जनाको विरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस