• जीवनशैली | Jiwanshaili
  • खोटाङको जन्तेढुंगामा एनटिसी फोनमा समस्या,सेवाग्राही मारमा


    खोटाङ, १९ चैत

    खोटाङको जन्तेढुंगा गाउँपालिकाका केही वडामा हप्ता दिनअघिदेखि टेलिफोनमा समस्या आएको छ ।

    जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा हप्तादिनदेखि एनटिसी फोनमा समस्या आएको हो । एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन लाग्न छाडेको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

    एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस