खोटाङमा कुकुरले मानव खप्परको कंकाल ल्याएपछि…
खोटाङ, २१ चैत
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ ।
साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।
सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए ।
दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए । मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताए ।
सोही ठाउँका बिष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन् । कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन् । तर, आधिकारिक पूष्टि बिना खप्परको कंकाल ‘कसको हो’ भनेर यकिन गर्न सकिन्न । बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको वडाध्यक्ष राईले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस