• जीवनशैली | Jiwanshaili
  • स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ काे अवस्था गम्भीर


    पाेखरा, २१ चैत

    स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

    चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे ।

    स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस