एलएलबी नयाँ भर्नाकाे परीक्षा फारम खुल्यो
त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।
शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो। वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ।
एलएलबी पठनपाठन हुने क्याम्पसमा फारम बुझाउन सकिने सूचनामा उल्लेख छ। फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ।
त्रिविबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन्। प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस