सिभिल बैङ्कको “अद्वितीय नेपाल” शीर्षकको नेपाली नयाँ वर्ष २०७९को क्यालेन्डर सार्वजनिक
सिभिल बैङ्कले नेपाली नयाँ बर्ष २०७९ को क्यालेण्डर बजारमा ल्याएको छ ।
समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैङ्कले “अद्वितीय नेपाल” शीर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेन्डर सार्वजनिक गरेको हो । कोरेना महामारीको कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीको कारण मानिसहरू लामो समय देखि घुम्नबाट वञ्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरूको खोजीमा हुन्छन् । त्यसैले उक्त क्यालेन्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तव्यहरू पÞmोक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देऊ ढुङ्गा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् । यस क्यालेन्डरका तस्बिरहरू ईमेजपसलडटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरू हुन् ।
नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश विदेशबाट लोकप्रिय भ्रमण गन्तव्यको रूपमा नेपाल चिरपरिचित छ अनि यस क्यालेन्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तव्यहरूले विद्यमान भ्रमण गन्तव्यमा मात्रै आफ्नो भ्रमणलाई सीमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुकाबारेमा जानकारी दिनेछ भन्ने कुरा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस