• जीवनशैली | Jiwanshaili
  • क्रिस्टियानो रोनाल्डोको नवजात छोराको निधन


    पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नवजात छोराको निधन भएको छ । रोनाल्डोले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

    उनले लेखेका छन्, ‘धेरै दुःखका साथ हाम्रो नवजात छोराको निधन भएको जानकारी गराउन चाहन्छु । यो अभिभावकको लागि सबैभन्दा ठूलो दुःख हो । हामीलाई साथ दिनुहुने सम्पुर्ण डाक्टर र नर्सहरुलाई धन्यवाद ।’

    म सबैलाई यो कठिन समयमा हाम्रो गोपनीयताको ख्याल गर्न अपील गर्दछु । हाम्रो छोरा हाम्रो प्यारो थियो, हामी उनलाई सधैंभरि माया गर्नेछौं ।’ रोनाल्डोले आफू र उनको साथी जर्जिनालाई केही समय एक्लै छोड्न पनि आग्रह गरेका छन् ।

    गत अक्टोबरमा रोनाल्डो र जर्जिनाले जुम्ल्याहा बच्चाको आमाबुवा बन्ने जानकारी दिएका थिए । दुबैले फोटो सेयर गरेर यसको जानकारी दिएका थिए । यी मध्ये एक छोराको निधन भएको छ । यस्तै, छोरी सकुशल छिन् ।

    जर्जिना रोड्रिग्वेज र रोनाल्डोकी एक छोरी छिन् जसको नाम अलाना मार्टिना हो ।


    क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस