कपिलवस्तुमा गोली लागेर महिला सैनिक जवानको मृत्यु
गतराति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहान आज बिहान मृत्यु भएको छ ।
त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरीले जनाएको छ ।
गएराति ब्यारेक भित्रको पोस्टमा डिउटीमा रहेको बेला राइफल ( एम १६ )आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेर गम्भीर घाइते भएकी थिइन् । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भएपछि नलगिएको प्रहरीको भनाइ छ । सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस