तरकारीको मूल्य एक महिनामा नै दोब्बर
बजारमा तरकारीको मूल्य एक महिनामा नै दोब्बरले बढेको छ । अत्यावश्यक रुपमा भान्सामा प्रयोग हने आलु, काउली, कागती, साग, लसुन, अदुवा, च्याउ जस्ता तरकारीको मूल्यमा दोब्बरले वृद्धि भएको हो ।
कालिमाटी फलफुल तथा तरकारी बजार समितिका अनुसार चैत ८ देखि २५ पर्ने ब्रोकाउली तरकारीको मुल्य अहिले ११५ रुपैयाँसम्म पुगेको छ । चैत ८ गते कालिमाटीमा कागती प्रतिकेजी खुद्रा मुल्य १९० रुपैयाँ थियो । उक्त मुल्य बैशाख ८ गतेसम्म आइपुग्दा प्रतिकेजी ३७५ रुपैयाँ पुगेकोे छ । यसरी हेर्दा एक महिनामै कागतीको मुल्य केजीमै १८५ रुपैयाँले बढेको छ ।
त्यस्तै आलु रातो २५ बाट बढेर २९ रुपैयाँ, काउली स्थानीय १५ मुल्यबाट बढेर ६० रुपैयाँ पुगेको छ । कन्य च्याउको मुल्य १८५ रुपैयाँबाट बढेर २०० रुपैयाँ, डल्ले च्याउको मुल्य ३२५ रुपैयाँबाट ३७५ भएको छ भने हरियो लसुनको ४५ रुपैयाँबाट १५५रुपैयाँ, अदुवा ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, चम्सुरको सागको मुल्य ६५ रुपैयाँ बाट बढेर १२५ रुपैयाँ, जिरीको सागको मुल्य ५५ रुपैयाँबाट कढेर ८५ रुपैयाँ, पालुगों सागको मुल्य ६५ रुपैयाँ बढेर१२५ रुपैयाँ, लाम्चो फर्सीको मुल्य २५ रुपैयाँ बाट बढेर ३५ रुपैयाँ र बकुल्लाको मुल्य ३५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको समितिको तथ्याङकमा उल्लेख छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस